काठमाडौं : सबै किसिमका सेवा–सुविधा पाइने काठमाडौं महानगर र ललितपुर महानगरमा अहिलेसम्म पनि सरकारले देशैभर सञ्चालन गरेको स्वास्थ्य बिमाको सेवा सुविधा पाइँदैन।स्वास्थ्य बिमा सञ्चालन भएको सात वर्ष पुगे पनि देशकै सबैभन्दा धेरै नागरिक बस्ने काठमाडौं महानगर र ललितपुर महानगरसहित पाँच पालिकामा अझै पनि यो सेवा सुरु हुन नसकेको हो।अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा पुगेको भए पनि सबै पालिकामा लागू भइसकेको छैन। कुल ७५३ पालिका मध्ये अहिलेसम्म ७४८ वटा पालिकाम