राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी ३० जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।
पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत भएका छन् । यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लादप्रसाद साहलाई लिङ्देनले मनोनीत गरेका छन् ।
यसैगरी, सहमहामन्त्री बाराका मोहनप्रसाद यादव, का...