काठमाडौँ- आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले प्रतिवेदन जारी गरेको छ । प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तसम्ममा १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ । त्यसैगरी प्रतिवेदनमा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको पाइएको […]