पुन: चुनाव लड्न कलैयाका मेयरसहित १३६ जनाको राजीनामा

कलैया । बारा जिल्लाको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरूले राजीनामा दिएका हुन् । कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् । कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना […]

सम्बन्धित सामग्री

मेयर लड्न एसएसपीबाट राजीनामा दिएका शाहले पाएनन् टिकट

नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् । धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए । तर, नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले रातोपाटीसँग भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।मेयर पदमा साहसँगै योगेन्द्र य

देउवाको वडामा चुनाव लड्न शिक्षकले दिए राजीनामा

डडेल्धुरा, १० वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले वडा अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका हुन्। चन्द्रबहादुर २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। उनकाे राजीनामा बिहीबारदेखि नै स्वीकृत […]

देउवाको वडामा चुनाव लड्न शिक्षकले दिए राजीनामा

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले वडा अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका हुन्।चन्द्रबहादुर २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। उनको राजीनामा बिहीबारदेखि नै स्वीकृत भई लागू भएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका इकाई प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए।यस्तै, जिल्ल

चुनाव लड्न ओखलढुङ्गामा २० शिक्षकले छाडे जागिर

ओखलढुङ्गा । स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केही विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख […]

मेयरमा चुनाव लड्न मन्त्रीको राजीनामा

जनकपुरधाम : मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पदबाट राजीनामा दिन लागेका छन्।नेकपा एकीकृत समाजवादीका तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन उनले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन्। एकीकृत समाजवादीले सिरहा नगरपालिकाको नगरप्रमुखका लागि उनको एकल नाम सिफारिस गरेपछि उनी उक्त पदमा लड्न राजी भएका हुन्। यादवले आजै राजीनामा बुझाउन लागेको बताएका छन्।उनले भने, ‘पार्टीले मलाई नगरप्रमुखमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद

मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव

नेकपा एकीकृत समाजवादीका मधेस प्रदेशसभा सदस्य एवं कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने तयारी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न उनले मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।उनले आजै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा दिने बुझिएको छ । रातोपाटीले राजीनामाबारे जिज्ञासा राख्दा मन्त्री यादवले भने, ‘हामी छलफलमा छौं, राजीनामा दिनसक्छ तर अहिले नै टुङ्गो लागिसकेको छैन ।’सिरहा नगरपालिकाको मेयरका लागि नेकपा एकीकृत सम

सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

काठमाडौँ । स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने फैसला सर्वोच्च अदालतले मंगलबार सुनाएको छ। न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चुनावी आचारसंहिताको विषयमा परेको रिट निवेदन खारेज गरेपछि जनप्रतिनिधिले फेरि चुनाव लड्न चाहे मनोनयनपत्र दर्ता गराउनुअघि बहालवाला पदबाट राजीनामा दिनैपर्ने भएको हो। निर्वाचन आयोगले यही वैशाख ३० मा हुने स्थानीय […]

जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

आउँदो स्थानीय निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने भएका छन्।