मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी गर्न सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने उनीहरुको भनाइ छ । मौसमविद् डा धर्मराज उप्रेतीले आसानी नाम दिइएको सो आँधी निकै तिव्र गतिमा चलेको बताए । सो आँधीको असर भारतको ओडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने