प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग स्तब्ध बनेको छ । शनिबार साँझ भएको खेलमा चेल्सी ३-२ गोलले पराजित भएको हो ।खेलमा थियागो सिल्भाले पहिलो हाफमा चेल्सीलाई अग्रता दिलाए पनि मानुएल लान्जिनीले पेनाल्टीबाट गोल गर्दै वेस्ट ह्यामलाई खेलमा फर्काएका थिए । लगत्तै मेसन माउन्टले गोल गर्दै पहिलो हाफको अन्त्यमा पुनः चेल्सीको अग्रता सुनिश्चित गरे ।दोस्रो हाफको सुरुवातमा नै जारोड बोवेडले वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए । खेलको ८७ औँ मिनेटमा जारोड आर्थर मासुआकुले गोल गर्दै चेल्सीलाई स्तब