काठमाडौं, १ असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तनावमा परेका छन् । श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि माओवादीभित्र खैलाबैला मच्चिएको छ । यसले उनीमाथि अनेक आशंकाहरु जन्मिएका छन् । श्रेष्ठले माओवादी फुटाउन खोजेको विषय माओवादीभित्र उठेको छ । उनी ओलीसँग मिल्ने गरी बढेको निष्कर्ष समेत केही नेताहरुले गरेका छन् […]