कास्की – पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । यस कोषमार्फत पोखराका ७ सय ५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत पाँच–पाँच करोड रुपैयाँका दरले लगानी गरी १५ करोड रुपैयाँको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । याे कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि ...