आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलकुद स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको