हेटौंडा : सहिदको नाममा बनेको सभागृह भत्काएको हेटौंडा उपमहानगरपालिकाले सुविधायुक्त सभागृहको अभावमा आफ्नो नगरपरिषद् भाडा तिरेर एउटा निजी पार्टी प्यालेसमा गरेको छ। आफ्नै करोडौं लगानी परिसकेको र केही लाख खर्च गरे निर्माण पूरा हुने तयारीमा रहेको हुँदाछँदाको सभागृह भत्काउँदै गरेको उपमहानगरले कार्यक्रम गर्ने स्थल नहुँदा बिहीबार निजी पार्टी प्यालेसमा नगर परिषद कार्यक्रम गरेको हो।हेटौंडामा सहिदको नाममा रहेको बासुदेव सभागृह भत्काएर व्यावसायिक बहुउद्देश्यीय भवन निर्माणको तयारी गरेको छ।