काठमाडौं : नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय। २०१६ सालमा स्थापना भएको त्रिवि उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो। यही विश्वविद्यालयले देशका लागि योग्य कर्णधार, दक्ष जनशक्ति उत्पादन गर्ने हो।उच्च शिक्षामा छलाङ मार्नुपर्ने हो तर बिडम्बना। शिक्षा प्रदान गर्नुको साटो विश्वविद्यालयमा कहिले विभिन्न दलनिकट विद्यार्थी संगठन त कहिले आंशिक प्राध्यापकले आन्दोलन गर्न छाडेका छैनन्। आन्दोलनकै अखडा बनेको छ त्रिवि।अहिले पनि त्रिविका विभ