प्रदेश नंं २ को राजधानी जनकपुरधाम हुने टुङ्गो लागेको छ । प्रदेशको नाउँ तथा राजधानीको टुङ्गो लगाउनका लागि प्रदेश नंं २ मा गठित संसदीय समितिले प्रदेशको राजधानी जनकपुरधाम रहने निर्णय गरेको समितिका सभापति एवम प्रदेश नं.२ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।