कान्द्रा नदी पीडित कैलालीको भजनी नगरपालिका –५ लालबोझीका स्थानीवासी आन्दोलित भएका छन् । कान्द्रा नदीमा तटबन्ध र नदीले कटान गरेको हुलाकी राजमार्ग बनाउन माग गर्दै स्थानीय आन्दोलित भएका हुन । नदी कटान नियन्त्रण गर्नुपर्ने, हुलाकी राजमार्ग चाँडै बनाउनु पर्ने माग राख्दै सो गाउँवासीले बिहीबार प्रदर्शन गरेका छन् । हुलाकी राजमार्गमा काठ तेस्र्याएर स्थानीयले प्रदर्शन गरेको बताएका छन् । गत बर्खामा आएको बाढीले लालबोझीमा स्थानीयको जग्गासहित हुलाकी राजमार्ग कटान गरेको थियो । नदी कटानका कारण लालबोझीको कैयौं परिवार विस्थापित भएका छन् ।