भारत–दक्षिण अफ्रिका टेष्ट डेढ दिनमै सकियो, भारतको कीर्तिमानी जित

७९ रनको चुनौती भारतले टी–२० को शैलीमा खेल्दै १२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । यो भारतको कीर्तिमानी जित हो ।

सम्बन्धित सामग्री

सञ्जुको कीर्तिमानी शतकमा दक्षिण अफ्रिकामाथि भारतको विजयी शुरुआत

भारतले दक्षिण अफ्रिका विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा विजय शुरुआत गरेको छ ।

महान् अम्पायर रुडी कर्टजनको सडक दुर्घटनामा मृत्यु

दक्षिण अफ्रिकाका महान् अम्पायर रुडी कर्टजनको सडक दुर्घटनामा मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । रुडी गल्फ खेलेर केप टाउनबाट आफ्नो घर नेल्सन मण्डेला बे फर्किरहेका थिए । रुडीका छोराले आफ्नो बाबुको घटनास्थलमै मृत्यु भएको बताए ।सन् १९८१ देखि घरेलु क्रिकेटमा अम्पायरिङ सुरु गरेका रुडीले पहिलो पटक सन् १९९२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायर बन्ने अवसर पाएका थिए । उनले पोर्ट एलिजाबेथमा दक्षिण अफ्रिका र टीम इन्डियाबीचको खेलबाट टेस्ट डेब्यू गरेका थिए ।रुडीले कीर्तिमानी २०९ एकदिवसीय, १०८ टेस्ट र १४ टी-२०

पश्चिमी देशहरुले लगाए रुसी तेल र ग्याँसमा प्रतिबन्ध  के होला यसको असर ?

फागुन २५, काठमाडौं। अमेरिका र बेलायतले रुसी तेल र ग्यासमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।  बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसी तेल र तेलजन्य उत्पादनको आयात बन्द गर्ने बताएको छ । यूरोपेली संघ (ईयू)ले पनि सन् २०३० सम्ममा रुसको जैविक इन्धनमाथिको आफ्नो निर्भरता निर्मूल पार्ने योजना बनाएको छ । यसको शुरुआत ग्यासबाट गरिनेछ । यसै वर्ष रुसी ग्यासमाथिको निर्भरता दुई तिहाई कम गर्ने योजना ईयूले सार्वजनिक गरेको छ । रुसी अर्थतन्त्रको मुख्य धमनीमा प्रहार गर्न यस्तो कदम चाल्न लागिएको बुधबार अमेरिकी राष्ट्रपती जो बाइडेनले बताएका छन् ।  रुसको आम्दानीको मुख्य स्रोत इन्धन निर्यात हो । युक्रेनमाथि रुसी हमलाको प्रतिकारमा उमाथि लगाइएको आर्थिक प्रतिबन्ध कसिलो बनाउने क्रममा रुसी तेल र ग्यासमा प्रतिबन्ध लगाउन लागिएको हो । तर यस कदमले रुसलाई त असर पार्छ नै यूरोपेली उपभोक्ताहरु पनि मारमा पर्नेछन् । द्वन्द्वको प्रभावका कारण अहिले अमेरिका र बेलायतमा पेट्रोलको भाउ कीर्तिमानी स्तरमा उक्लिसकेको छ । जापानलगायत अन्य बजारहरुमा पनि भाउ कयौं वर्षयताकै उच्च स्तरमा छन् ।  रुसी तेलमाथि पश्चिमी देशहरुले प्रतिबन्ध लगाएमा विश्व बजारमा विनाशकारी परिणामहरु उत्पन्न हुने चेतावनी मंगलबार रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले दिएका थिए । रुस युक्रेनबीचको तनावबीच पछिल्लो समय तेलको भाउ सन् २००८ यताकै उच्च स्तरमा छ । तेलको भाउमा भएको वृद्धिले चीन, इन्डोनेशिया, दक्षिण अफ्रिका र टर्की जस्ता ठूला तेल आयातकर्ता देशहरुको आर्थिक वृद्धिदर एक प्रतिशत अंकले घट्न सक्ने र विश्वको आर्थिक वृद्धिदरमा कमी आउन सक्ने विश्व बैंकका अधिकारीले चेतावनी दिएका छन् । कोरोना भाइरसको महामारीको प्रभावबाट पुनःबहाल भइरहेका र कर्जा देखि मँहगीसम्मका अनेकौं अनिश्चयसँग संघर्ष गरिरहेका उदीयमान अर्थतन्त्रलाई युद्धले अर्को झट्का दिने बताइएको छ ।  गएको एक महीनामा तेलको भाउ दोब्बर भन्दा धेरैले बढिसकेको छ । रुसी तेलमाथि प्रतिबन्धको घोषणासँगै बुधबार अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको भाउ झन्डै ३ प्रतिशतले बढेर प्रतिब्यारेल १३० डलरमाथि उक्लिएका छ । युक्रेनी संकटका कारण विश्वले अहिलेसम्मकै ठूलो आपूर्ति झट्का बेहोर्न सक्ने चेतावनी गोल्डम्यान श्याख्सले दिएको छ । ब्रेन्ट क्रुडको भाउको प्रक्षेपण गोल्डम्यानले बढाएर ९८ डलरबाट १३५ डलरमा पुर्याएको छ ।  बार्कलेजले पनि अवस्था खराब भन्दा पनि खराब हुँदै भयो भने तेलको भाउ २०० डलर नाघ्न सक्ने बताएको छ । तर बार्कलेजले यस वर्षको ब्रेन्ट क्रुडको मूल्य प्रक्षेपण भने संसोधन गरेको छैन । विश्व बजारमा तेलको भाउ बढेसँगै हालैका  दिनमा नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढेर यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । विश्व बजारमा कच्चा तेलको भाउमा हुने थप वृद्धिले नेपाली उपभोक्ताहरु झनै मारमा पर्नेछन् । एजेन्सीको सहयोगमा

बेबी एवि यू-१९ विश्वकपको सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – दक्षिण अफ्रिका डेवाल्ड ब्रेभिस (बेबी एबी) वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । दक्षिण अफ्रिका क्वाटरफाइनलबाट बाहिरिएपनि ब्रेभिसले पूर्व दक्षिण अफ्रिकी ब्याटर एवी डेभिलियर्सको शैलीमा ब्याटिङ गर्दै दुई शतकका साथ कीर्तिमानी रन बनाएका थिए । ब्रेभिस प्रतियोगितामा ६ खेलमा २ शतक ३ अर्धशतक सहित कुल […]

दक्षिण अफ्रीका १० विकेटले विजयी

सुरुआती जोडीले कीर्तिमानी साझेदारी गरेपछि बंगलादेशविरुद्धको पहिलो वान डे खेलमा घरेलु टोली दक्षिण अफ्रिका १० विकेटले विजयी रहेको छ । पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि मुसफिकुर रहिमले शतक प्रहार गरे ।