भक्तपुरमा छैठौं औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्या चैत्र २४ देखि वैशाख ४ सम्म मेला हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा