बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने, विश्वासको मत नलिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने भएकी छन् ।  प्रदेश सभामा बुधवार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको एमालेका प्रदेश सांसद केशवप्रसाद पोखरेलले लोकान्तरलाई जानकारी दिए । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि शाक्यले राजीनामा गर्न लागेकी हुन् ।  नेकपा एमाले विभाजन उन्मुख भएको बेला भदौ २ गते शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । सरकारमा सहभागी दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । शाक्यले...

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बागमती प्रदेश सभा बैठक सुरु (लाईभ)

काठमाडौं,१९ चैत । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बैठक बसेको हो । यसअघि दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा सत्तारुढ दुई सांसद नगएपछि बैठक ४ बजेसम्म सारिएको थियो । सत्ता साझेदार दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका […]

बागमती प्रदेश : मुख्यमन्त्री जम्कट्टेलले मंगलबार पुनः विश्वासको मत लिने

हेटौँडा, चैत ४ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पुनः विश्वासको मत लिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट हटेसँगै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट आगामी मंगलबार विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै बागमती […]

मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

हेटौंडा :  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन्।सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन्। माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको बागमती प्रदेश सरकारका प्रवक्ता एवमं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए। जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई नेकपा एमालेको २७, नेकपा

मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका थिए । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न […]

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, पक्षमा ५९, विपक्षमा ४३

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । बागमती प्रदेश सभामा सोमबार भएको मतदानमा पाण्डेले विश्वासको मत पाएका हुन् । विश्वासको मतको पक्षमा ५९ मत, विपक्षमा ४३ मत र २ सांसद तटस्थ रहे । प्रदेश सभामा हाल कायम सदस्य संख्या १०९ रहेकोमा १०४ जनाको उपस्थिति थियो । गठबन्धनमा रहेका नेपाली कांग्रेस, […] The post बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, पक्षमा ५९, विपक्षमा ४३ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले संसदमा विश्वासको मत पाएका छन ।  कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डले आज बागमती प्रदेश सभामा विश्वासको मत लिएका हुन ।  संसदमा पाण्डेको पक्षमा ५९ र विपक्षमा ४३ मत परेको छ । सरकारलाई बहुमत जुटाउनको लागि ५५ मत भए पर्याप्त हुन्छ । विश्वासको मतको लागि मतदान हुँदा १०४ मत खसेको थियो । खसेको मध्ये दुई मत भने तटस्थ रहेका छन ।  प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद रिता माझी र रिना गुरुङ तथा एमालेका दुई सांसद गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रह...

विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने

विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा हिजो आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्री मण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन आज बैठक बस्दै

बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक आज बस्ने भएको छ । यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् ।

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिने

हेटौंडा : बागमती प्रदेश सरकारले असोज २४ गते नवौँ (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो।प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन संसद् बोलाएकी हुन्। अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले असोज २५ भित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने बाध्यता छ। एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्।पार्टी विभाजन भए वा

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनु पर्दैन : मन्त्री पाण्डे

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तत्काल विश्वासको मत लिनु नपर्ने बताएका छन् ।शुक्रबार पत्रकारहरुको जिज्ञासामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकारको मुख्यमन्त्री शाक्य हाल कानूनी रुपमा बहुमतमा रहेकाले तत्काल विश्वासको मत लिनु नपर्ने बताए ।मुख्यमन्त्री शाक्य नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार मुख्यमन्त्री नियुक्त भइ सरकारको नेतृत्व गरिरहेको भन्दै उनले बागमती प्रदेशसभामा नेकपा एमाले