दक्ष जनशक्ति उपयोग गर्न समाजिक परिचालकको माग - Naya Patrika

सामाजिक परिचालक हकहित संरक्षण केन्द्र सुनसरीले दक्ष जनशक्ति राज्यले उपयोग गर्न माग गर्दे सोमबार प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् । धरानमा एक कार्यक्रमको आयोजना...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न  लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।   चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना युनान नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष...

नेपालमा लगानी बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । ‘चीन साउथ एसिया बिजनेस फोरम’ का तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित ‘चाइना नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज म्याच मेकिङ’ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको प्राकृतिक स्रोत, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँगको सहज बजार पहुँचको उपयोग गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियलको अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, […]

सबै सरकारी विद्यालयमा कम्प्युटर पुर्याउने सरकारी योजना घोषणामै सीमित

काठमाडौं : सरकारले प्रत्येक वर्ष बजेटमा छुटाउँदै नछुटाएको विषय हो- शैक्षिक पूर्वाधार विकास, दक्ष जनशक्ति एवं शिक्षण सामाग्रीको व्यवस्था र नवीनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चितता।बजेटमा समेटिएअनुसार सरकारले व्यवस्थापन गरिदिएको भए यतिखेर प्रविधि उपयोग गरि सरकारी (सामुदायिक) विद्यालयका विद्यार्थी अध्ययन गरिरहेका हुन्थे। तर वर्षैपिच्छे बजेट भाषणमा गरिएका यो घोषणामै सीमित बनेकाे छ।अहिले अनेकौं प्रकारका प्रविधि विकास भइरहेको छ। अन्य देशका

सडक सम्पत्तिको सुरक्षा (सम्पादकीय)

भूपरिवेष्टित मुलुकका लागि रेलमार्ग, हवाईमार्ग जस्ता यातायात माध्यमका तुलनामा सडक मार्ग अर्थात् यातायातलाई केही सहज एवं मितव्ययी रूपमा लिइने गरिन्छ । सडकजस्ता भौतिक संरचनाको दीर्घकालीन अधिकतम प्रयोगका निम्ति यसको डिजाइन, नियमित मर्मत सम्भार एवं सडक सञ्चालनका निश्चित नीति नियमको परिधिले महìवपूर्ण भूमिका हुन्छ । नेपालजस्तो मुलुकमा सडक निर्माण आफैँमा सहज कार्य भने होइनन् । यसका लागि ठूलो धनराशि, ऋण सहयोग, देशीविदेशीका विभिन्न सर्तको परिपालना, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण आदिको जोहो न्यूनतम आधारभूत सर्त हुन् । यी सबैको कार्यान्वयनबाट नै सडक निर्माणको कार्य श्रीगणेश हुन्छ, अगाडि बढ्छ र महìवपूर्ण सार्वजनिक सम्पत्ति बन्छ । यसरी लामो प्रक्रिया एवं समयको प्रतीक्षापछि निर्माण सम्पन्न हुने सडकमार्गको दीर्घकालीन उपयोग तथा उपभोगका लागि सम्बद्ध सबै सरकारी निकाय, आम सर्वसाधारण, उद्योग व्यापारी, व्यवसायी चनाखो हुनु त्यत्तिकै जरुरी छ ।

जनसांख्यिक अवसर उपयोगमा चुक्दै प्रदेश दुई

वीरगञ्ज । प्रदेश २ मानव संसाधन विकासको सम्भाव्यता सबैभन्दा अगाडि भएर पनि यो अवसरको उपयोग हुन नसकेको सरोकारका पक्षले बताएका छन् । प्रदेश २ भूगोलमा सबैभन्दा सानो भएर पनि जनघनत्वमा सबैभन्दा अग्रस्थानमा रहेको तथ्यांकले देखाउँछ । जनसंख्या विकासको एउटा मुख्य स्रोत भए पनि यसको व्यवस्थापनमा स्पष्ट नीति नभएकाले सम्भाव्यता उपयोग हुन नसकेको विश्लेषक जगदीशप्रसाद अग्रवालको बुझाइ छ । ‘जनसंख्या कुनै पनि देशमा विकासको एउटा मुख्य आधार हो । तर, जनशक्ति दक्ष हुनुपर्छ । हामीकहाँ जनसंख्या नीति नै नभएकाले यो सम्भावना उपयोग हुन सकेको छैन,’ अग्रवालले आर्थिक अभियानसित भने । प्रदेश २ जनसंख्यामा अन्य प्रदेशको तुलनामा अग्रस्थानमा भएकाले प्रदेश सरकारले दक्ष जनशक्ति अभिवृद्धिलाई मुख्य भागमा राखेर नीति निर्माण गर्नुपर्ने जानकारहरूको भनाइ छ । जनसंख्या आर्थिक विकासको मुख्य आधार भएकाले कति र कस्तो खालको जनशक्ति चाहिने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने अग्रवाल बताउँछन् । नेपाल अहिले जनसांख्यिक अवसरको उत्कर्षमा भएकाले यसको उपयोगमा चनाखो हुनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् । ‘यस्तोमा जनसंख्यामा अगाडि देखिएको प्रदेश २ ले विशेष योजना नै ल्याउनुपर्छ । विकासको लक्ष्यमा पुग्न कति समयका लागि कस्तो जनशक्ति चाहिन्छ भन्ने निश्चित गरेर त्यसैअनुसारको नीति अवलम्वन गरिनुपर्छ,’ उनले भने । देशको औसत पूर्ण बेरोजगारी ११ प्रतिशत रहेकोमा प्रदेश २ मा बेरोजगारी दर १९ प्रतिशत छ । यो तथ्यांकले पनि प्रदेश २ मा जनशक्ति उपयोगको कमजोर अवस्थालाई स्पष्ट पारेको छ । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता योजना ल्याइएको बताउने गरेको छ । तर, त्यसको लक्षित उपलब्धि भने नदेखिएको बुझाइ जानकारहरूको छ । कृषि, उद्यम र पर्यटनजस्ता सम्भावना समेटिएको प्रदेश २ मा जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको पनि छ । ‘प्रदेश २ कृषि, उद्योग र पर्यटनको सम्भावना भएको क्षेत्र हो । यी सम्भावनाको उपयोगका लागि पनि जनशक्ति व्यवस्थापन अपरिहार्य छ,’ उपाध्यक्ष राजपालको भनाइ छ । प्रदेश २ को जनशक्तिलाई दक्षता प्राप्त बनाएर शीपसँग जोड्दा उत्पादन लागत घटाउने महत्त्वपूर्ण साधन बन्न सक्ने जानकारहरू बताउँछन् । ‘जनशक्ति २ नम्बर प्रदेशमा उत्पादन र औद्योगिक लगानी प्रवद्र्धनमा आकर्षणको आधार बन्न सक्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडिया बताउँछन् । प्रदेश २ ले मानव संसाधन विकासमा लगानी लगाउने हो भने अन्य प्रदेशसँग अन्तरप्रदेश सहकार्यको आधार बन्न पनि सक्ने केडियाको दाबी छ । प्रदेश २ का ८ ओटै जिल्लाको सिमाना भारतसँग जोडिएको र भारत नेपाली उत्पादनको मुख्य बजार भएकाले यो अवसर उपयोगका लागि पनि प्रदेश २ को मानव संशाधन विकासका लगानी बढाउनुपर्ने राय जानकारहरूको छ । भौगोलिक अवस्थितिका कारण प्रदेश २ मा औद्योगिक लगानी र उत्पादनको सम्भाव्यता बढी भएर पनि उपयोग हुन नसकेको सरकारी अध्ययनहरूले नै देखाएको अवस्थामा जनशक्ति विकास यो सम्भावना उपयोगका महत्त्वपूर्ण उपाय बन्न सक्ने विश्लेषक उमेशचन्द्र ठाकुरको भनाइ छ ।

उर्जामन्त्री भुषालको आग्रह 'भान्सामा एल्पी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ'

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छिन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरेकी हुन्।ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको शुभारम्भ गर्दै उनले भनिन्, “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एल्पी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।” ललितपुरको थँेचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इष्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो ।आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिको लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताईन् । नेपाल विद्युत् प्राधिकरणले बीस युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराउँदै उनले सो निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास व्यक्त गरिन्।गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा उर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसको लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताए  ।नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताए ।नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँसहरसम्म सेवा दिने बताए  । उनले ऊर्जा क्षेत्रमा हरेक किसीमका जनशक्ति उत्पादन गर्ने विश्वास दिलाए । स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको बताउँदै केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने विश्वास व्यक्त गरे।

एक हजार दक्ष जनशक्ति तयार पारिने

ऊर्जा क्षेत्रमा पाँच वर्षमा एक हजार युवालाई दक्ष जनशक्ति तयार गरिनेभएको छ । इलोक्ट्रोनिक विषयमा हरेक जनशक्ति तयार गरेर देशका ग्रामीण क्षेत्रमा पनि ऊर्जासम्बन्धी दक्ष जनशक्ति पठाइनेछ । ऊर्जामन्त्री पम्फा भुसालले स्नाइडर इलेक्ट्रिक फाउन्डेसनले डन बोस्को इन्स्टिच्युटसँग साझेदारी गरी नेपालमा पहिलो उत्कृष्टता ऊर्जा केन्द्रको शुभारम्भ गर्दै सरकारले गरिबी न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले २० युनिटसम्म बिजुली उपयोग गर्ने जनतालाई निःशुल्क गरिएको र त्यसभन्दा माथि प्रयोग गर्नेलाई पनि सहुलियत दिएको बताउनुभयो ।

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो । दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । “न

प्राकृतिक स्रोतसाधन परिचालन गर्ने जनशक्ति तयार पार्नुपर्नेमा जोड

वीरेन्द्रनगर । पाँच प्राकृतिक स्रोतसाधन (जल, जंगल, जमीन, जडीबुटी र जैविक विविधता)को प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति तयार पार्नुपर्नेमा कर्णाली प्रदेश कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जोड दिएका छन् । भर्चुअल माध्यमबाट हालै भएको मध्यपश्चिम विश्वविद्यालयको ११औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले दक्ष जनशक्ति उत्पादनमार्फत विश्वविद्यालयले समृद्ध प्रदेश निर्माणका लागि महŒवपूर्ण कार्यभार पूरा गर्न सक्ने बताएका हुन् । प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग तथा परिचालन गर्न सक्ने जनशक्ति उत्पादनमा ध्यान दिन विश्वविद्यालयलाई उनले सुझाव समेत दिए । संघीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को उद्देश्य पूरा गर्न पनि कर्णालीमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग अपरिहार्य रहेको उनले औंल्याए । ‘पाँच जको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानमार्फत विकास र समृद्धिको यात्रा तय गर्न सकिन्छ,’ उनले भने । मध्यपश्चिम विश्वविद्यालयले आफ्ना कार्यक्रमलाई समसामयिक रूपमा परिमार्जन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानलाई यसतर्फ केन्द्रित गरेर उल्लिखित कार्यभारलाई परिपूर्ति गर्नतर्फ भूमिका निर्वाह गर्ने विश्वास प्रदेश प्रमुखले कलौनीले व्यक्त गरेका छन् । विश्वविद्यालयको भूमिका बृहत् रहेकोतर्फ संकेत गर्दै उनले यस क्षेत्रमा रहेका अनेकौं सम्भावना र लुकेर रहेका वैभवलाई खोज, अन्वेषण र अनुसन्धानका माध्यमबाट प्रयोग गर्न सके ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को परिकल्पना पूरा हुन धेरै समय कुर्न नपर्ने दाबी गरे । ‘यसका लागि पनि योग्य र दक्ष जनशक्ति आवश्यक छ,’ प्रमुख कलौनीले भने, ‘बाह्रौं वर्ष प्रवेश गर्दै गरेको यस क्षेत्रको उच्च शिक्षाको केन्द्र मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वलाई यसतर्फ आफ्ना कार्यक्रम केन्द्रित गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’