काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेसिन (लेजर मेसिन) भित्र्याएको छ ।
सोमबार अस्पतालको नर्भिक कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहकाबीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मेसिनको अनावरण गरियो ।
सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार...