उपत्यकाका पालिकामा १० वर्षमै जनसंख्या दोब्बर

१० चैत, काठमाडौं । पछिल्लो १० वर्षमा काठमाडौं उपत्यकाका स्थानीय तहमा जनसंख्या वृद्धिदर उच्च देखिएको छ । सबैभन्दा धेरै जनसंख्या बढ्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पहिलो स्थानमा छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको जनसंख्या २०६८ को भन्दा दोब्बरले बढेको छ । २०६८ मा ६० हजार २३७ रहेको […]

सम्बन्धित सामग्री

काज मिलाएर गएका स्वास्थ्यका कर्मचारीलाई तलब कसले खुवाउने ?

१२ असार, काठमाडौं । राजनीतिक पहुँचको भरमा दरबन्दी भन्दा बाहिर रोजेको स्थानीय तहमा गएका कर्मचारीको तलब–भत्ता सरकारका लागि टाउको दुखाइ बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७५ सालदेखि हालसम्म ८९१ कर्मचारी काजमा शहरकेन्द्रित पालिकामा कार्यरत छन् । उनीहरूको दरबन्दी भने दुर्गम क्षेत्रमा छ । राजनीतिक पहुँचको भरमा स्वास्थ्यका कर्मचारी दरबन्दी भएको दुर्गम क्षेत्रको […]

लुम्बिनी प्रदेशको जनसंख्या : गुल्मीमा घट्दो, तिलोत्तमामा बढ्दो

बुटवल : जनसंख्या वर्षेनी घट्न थालेपछि लुम्बिनी प्रदेशका ग्रामीण बस्ती रित्तिन थालेका छन्। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये गुल्मीका सबै १२ वटा पालिकामा जनसंख्या घट्दो क्रममा देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पछिल्लो १० वर्षको अवधिमा गुल्मीमा ३३ हजार ३३४ जनसंख्या घटेको देखिएको छ। २०६८ मा कूल २…

महानगर प्रमुखको संयुक्त घोषणापत्र : हामीलाई छुट्टै ऐन चाहियो

पोखरा : पोखरा भएको ६ महानगरपालिकाको सम्मेलनले महानगरको छुट्टै ऐन जारी गर्न माग गरेका छन्। साना तथा ठूला सबै पालिकालाई एउटै भएको भन्दै संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेका हुन्।पोखरामा भएको महानगरपालिकाका मेयरहरुको बैठकले संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै कम जनसंख्या र धेरै जनसंख्या भएको पालिकामा एउटै ऐन लागु भएको भन्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरेका छन्। ‘संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरूसँगको

डोटीको जनसंख्या : कुन पालिकामा बढ्यो, कुनमा घट्यो ?

२६ माघ, डोटी । २०६८ सालको जनगणनाभन्दा २०७८ सालको जनगणनामा डोटीको जनसंख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख पाँच हजार ६८३ रहेको छ । ०६८ को जनगणना अनुसार दुई लाख ११ हजार ७४६ रहेको थियो । तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको वार्षिक जनसंख्या […]

काभ्रेमा जनसंख्याभन्दा मतदाता धेरै

काभ्रे, माघ १४। जिल्लाको विकट मानिने चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्य केही पालिकामा जनसंख्या र मतदाताको संख्या झिनो अंकले फरक देखिएको छ । जनगणनामाथि प्रश्न उठिरहेका बेला जनगणनाको भन्दा र मतदाताको संख्या धेरै देखिएको हो । बुधबार सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार तीनवटा पालिकामा कायम भएको […]

कपिलवस्तुमा हैजा नियन्त्रणमा नआएपछि खोप अभियान, आजदेखि यी ६ पालिकामा दिइँदैछ खोप

काठमाडौं : पछिल्लो समय कपिलवस्तुका विभिन्न पालिकामा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले खोप अभियान चलाउन थालेको छ। जिल्लाका ६ पालिकामा हैजा विरुद्धको खान मिल्ने खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए। पहिलोपटक असोज १८ गते कृष्णनगरमा हैजा पुष्टि भएको थियो।  सुरुमा झाडापखलाका विरामी फेला परेकोमा…

बाजुराका सात पालिकामा औषधि अभाव

बाजुरा । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । जिल्लाका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ । तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको बताइएको छ ।       अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव अएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताइन् । उनका अनुसार स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत नआउने गरेको गुनासो गरे । स्वास्थ्य सस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको बताइएको छ । रासस

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध

सरकारी कामकाजको भाषा बनाउन प्रदेशको जनसंख्या, भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली लगायतलाई प्रमुख आधार मानेको बताइएको थियो।...

भोलि र पर्सी काठमाडौंका सबै पालिकामा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूले भोलि र पर्सी काठमाडौं जिल्लाका सबै पालिकाहरूमा दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। भोलि र पर्सी काठमाडौंको एक महानगरपालिका र १० वटा नगरपालिका विभिन्न खोप केन्द्र मार्फत दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल भेरोसेल खोप लगाइएका केन्द्रहरूबाट नै ती पालिकामा कोभिसिल्ड खोप लगाइने मन्त्रालयले बताएको छ।

पालिकापिच्छे अस्पताल : स्वास्थ्य क्षेत्रमा युगान्तकारी कदम

१५  मंसिर २०७७ । यो ऐतिहासिक दिनलाई स्वास्थ्यकर्मीहरू ‘युगान्तकारी’ कारूपमा स्मरण गर्छन्। किन त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘एउटा पालिकामा एउटा अस्पतालको शिलान्यासको सुरुआत भएको छ। यस खालको काम पहिले भएको थिएन। स्वास्थ्य क्षेत्रमा युगान्तकारी कदम हो। ’ १५ मंसिरमा मुलुकभर ३ सय ९ स्थानीयतह (पालिका)मा एकसाथ अस्पताल भवन शिलान्यास गरियो। प्रदेश २, बागमती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास पनि भयो। मन्त्री, पूर्वमन्त्रीलाई पनि शिलान्यासमा भ्याइनभ्याइ भ...