काठमाडौँ – नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियालाई निलम्बन गरेको हो । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल उनी प्रहरी हिरासतमा छन् ।