पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको प्रश्न : २४० वर्ष देश तपाईँहरुले चलाएको होइन ?

७ फागुन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् । विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे […]

सम्बन्धित सामग्री

राजावादीलाई ओलीको प्रश्न– राजा भएर देश बच्ने भए सिक्किम किन बचेन ?

उनले भने, ‘हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र आउन दिदैनौँ । तानाशाह सिस्टम ल्याउन दिदैनौँ यो देशमा ।’

संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?

काठमाडौं । प्रमुख  प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले देश र जनताको आर्थिक अवस्था सुधार्न नसक्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उनले आयस्रोत बढाएर देशको आर्थिक अवस्था सुधार्न सक्ने गरी बजेट नल्याएको दाबी गरे […]

देउवालाई ओलीको प्रश्न : ५ पटक प्रधानमन्त्री भएर के गर्नुभयो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई स्याल र एमालेलाई सिंहको संज्ञा दिएका छन् । आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै चुनाव नभएको बताए । ‘मंसिर ४ को निर्वाचन सामान्य अघिपछि हुने निर्वाचनजस्तो होइन । देशको भाग्य भविष्य निर्धारण गर्ने चुनाव हो यो, त्यसैले राजनीतिक रंगमञ्चमा यो चुनावले विशेष अर्थ राख्ने महासंग्रामका रुपमा बुझ्नुपर्छ’, ओलीको भनाइ छ । उनले देश बचाउने, देशक

ओलीको प्रश्न : हामी सरकारबाट बाहिरिएपछि पैसा कहाँ गयो ?

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि देश चरम आर्थिक संकटमा फसेको बताएका छन्। पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले पूँजी पलायन हुँदा पनि सरकार गम्भीर नभएको बताए। ‘हामी सरकारमा हुँदा पैसा पुग्छ। पुल, सडक, झोलुङ्गे पुल बनाउन पैसा पुग्छ। यत्रो धेरै पुनर्निर्माणको काम भए, पैसा पुग्छ।' ओलीले भने, 'हामीले सरकार छोड्यौँ जादु गरेजस्तो पैसै छैन। बैंकमा पनि पैसा छैन,  उद्योगी व्यवसायीसँग पनि

ओलीको प्रश्न : सरकारमा मात्रै हो कि देश बनाउन पनि सँगै जाने हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दलहरूलाई नेपाली कांग्रेसले हात छाडे आफ्नो हालत के होला भन्दै चिन्ता गर्ने गरेको भनी कटाक्ष गरेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनले कांग्रेससँगै जानुपर्ने सुन्दै आएको भन्दै सरकारमा मात्रै कि देश बनाउन पनि सँगै जाने भनी प्रश्न गरे ।  “केही साना दललाई कांग्रेसले...

प्रधानमन्त्री ओलीको प्रश्न : अरुले जनता रुवाए, मैले हसाउँदा किन पिर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले रुवाएका जनतालाई आफूले हँसाएको दाबी गर्नुभएको छ । ओली नेतृत्वको नेकपा प्रदेश नं १ का कार्यकर्ताको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्नुभयो । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौ । सक्दैनौ। दिइने छैन ।’ प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभयो । ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उहाँले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो । कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए ।

प्रधानमन्त्री ओलीको प्रश्न: कसले भन्यो प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर?

राजधानीमा आयोजित सभामा बोल्दै ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो? भनी प्रश्न सोधे।