कालीकोट विस्फोटमा थप एक बालिकाको मृत्यु

काठमाडौं : कालीकोट विस्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो।

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।