‘समयको व्यवस्थापन गर्न नसकेसम्म देश समृद्ध हुँदैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताएका छन् । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)ले दिगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलनमा बाल्दै उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न सकिने बताए। पूर्वप्रधानमन्त्री भट्टराईले एक्यानले गरेको दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलनले दिगो […]

सम्बन्धित सामग्री

'शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो'

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरणको सम्भव नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारी तलब&n...

'शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो'

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरणको सम्भव नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारी तलब&n...

शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरण सम्भव नरहेको दाबी गरे । मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई...

‘टुरिष्ट भिसा’मा विदेश जान कडाई, ४ लाख आम्दानी र कर तिरेको प्रमाणपत्र अनिवार्य

पर्यटक भिसामा विदेश जान कडाई हुने भएको छ । पर्यटक भिसामा विदेश पठाएर दलालहरुले मावन तस्करी गरिरहेको र विदेशमा अलपत्र पर्ने नेपालीको संख्या बढिरहेको भन्दै गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७९’ स्वीकृत गर्दै पर्यटक भिसामा विदेश जान कडाईको नीति लिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलका अनसार पैसा नभएका र विदेश घुम्न जान पर्याप्त आम्दानीका स्रोत नभएकाहरु पनि भिजिट भिसामा विदेश जाने र उतै अलपत्र पर्ने क्रमलाई रोक्न कडाई गर्ने गरी कार्यविधि स्वीकृत गरिएका हो । विदेश घुम्न जान के के पेश गर्नुपर्छ ?अब पर्यटक भिसामा विदेश जान यसरी विदेश जाने व्यक्तिले आफ्ना परिवारका सदस्यसँग नाता सम्बन्ध खुल्ने सरकारी कागजात पेश गर्नुपर्नेछ । कम्तीमा वार्षिक ४ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने र कर प्रणालीमा आवद्ध भएको प्रमाणित हुने कागजात र कम्तीमा २ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको बैंक स्टेटमेन्टसमेत पेस गर्नुपर्ने छ । आम्दानीका आधारमा कर तिरेको प्रमाण, आवत जावतकै हवाई टिकट र जान लागेको देशमा होटल बुकिङ गरेको प्रमाण पनि बुझाउनु पर्नेछ । पर्यटक भिसामा जाने व्यक्तिको वार्षिक आम्दानी ४ लाख, कर तिरेको प्रमाणपत्र र बैंकमा नगद २ लाख मौज्दात नरहेको अवस्थामा परिवारका कुनै एक सदस्यको भएपनि हुने कार्यविधिमा उल्लेख छ । ‘जस्तो, राम र श्याम दाजुभाइ हुन्, राम टुरिष्ट भिसामा विदेश जानुपर्ने भयो, रामको आम्दानी वार्षिक ४ लाख छैन, कर तिरेको प्रमाण छैन र उसको बैंक खातामा २ लाख नगद मौज्दात पनि छैन भने उसको भाइ श्यामको खातामा तोकिए अनुसार पैसा छ र वार्षिक ४ लाख आम्दानी पनि हुने गरेको कागजात छ भने श्यामसँगको नाता प्रमाणित कागजातका आधारमा रामलाई जान दिन मिल्ने गरी कार्यविधि स्वीकृत गरिएको छ’ गृह स्रोतले भन्यो । परिवारका सदस्य सञ्चालक रहेको संस्था वा कम्पनीको आम्दानी, उक्त कम्पनी कर प्रणालीमा आवद्ध भएको प्रमाण र कम्पनीको समेत बैंक मौज्दात २ लाख छ भने उक्त कम्पनीको सञ्चालक सँगको नाता खुल्ने प्रमाणका आधारमा पनि टुरिष्ट भिसामा विदेश पाइने छ ।तर, हवाई टिकट लिनु अगाडी अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने छ । स्वीकृति लिन आफू जाने ७ दिन अगाडी नै विभागको अनलाइन प्रणालीबाट निवेदन दिनु पर्नेछ । त्यसपछि हवाई टिकट र होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने छ ।नियमित यात्रु र विगतमा लामो समय विदेशमा बसेका व्यक्तिहरूको हकमा भारत, मलेसिया र खाडी देशबाहेक कम्तीमा २ देशको भ्रमण गरेको अभिलेख पनि बुझाउनु पर्नेछ । यसरी २ देश भ्रमण गरेको अभिलेख बुझाउँदा ट्रान्जिट भिसालाई भ्रमण गरेको मानिने छैन ।उच्च शिक्षा अध्ययनको हकमा प्राविधिक विषय भए कम्तिमा डिप्लोमा र अन्य विषय भए स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र बुझाउनु पर्नेछ । पहिल्यै लामो समय विदेश बसेका व्यक्तिको हकमा भारत, मलेसिया र खाडीका देश बाहेक अन्य देशमा कम्तीमा २ वर्ष बसेको देखिने अभिलेख बुझाएपछि मात्रै पर्यटक भिसामा विदेश जान दिईनेछ । यस्ता व्यक्तिले आफू जान लागेको देशमा रहेका आफ्ना आफन्तको सम्पर्क नम्बरसहितको विवरण पनि बुझाउनु पर्नेछ । त्यस्तै, विदेशमा आफन्त बिरामी परेर कुर्न जानुपर्ने भएमा बिरामीको राहादानी, भिसा र गन्तव्य मुलुकमा बिरामी आगमन भएको देखिने कागजको प्रतिलिपि बुझाउनुपर्ने छ । गन्तव्य मुलुकमा रहेको वा सो देश हेर्ने नेपाली दूतावास वा बिरामी कार्यरत कम्पनीले बिरामी भइ उपचार गराउनुपर्ने अवस्था रहेको भनेर लेखेको पत्र, ३ पुस्ता भित्रको नाता खुल्ने सरकारी कागजात, २ तर्फी हवाई टिकट र आफू जान लागेको देशमा वेबसाइट खुल्ने गरी होटल बुकिङ गरेको प्रमाण वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बरसहितको विवरण बुझाउनु पर्नेछ ।यसैबीच, विदेशमा आफन्तको मृत्यु भएर पर्यटक भिसामा जानु पर्दाको अवस्थामा भने स्थानीय तहको सिफारिस भए पुग्नेछ । तर, यसका लागि मृतकको राहदानीको प्रतिलिपि वा राहदानीको प्रतिलिपि प्राप्त हुन नसके मृतकको परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा मतदाता परिचय पत्र उपलब्ध गराउनु पर्नेछ । दूतावास वा मृतक कार्यरत रहेको कम्पनीले मृत्यु भएको प्रमाणित गरेको कागजात पनि पेश गर्नुपर्ने छ । यस्तो छ कार्यविधिः

आर्थिक विकासमा जलस्रोत

पानी जीवजन्तुका लागि अति आवश्यक छ । मानिसका लागि दैनिक कम्तीमा ४० लिटर पानी आवश्यक पर्छ । जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनु विकासको एजेन्डा हो । प्राकृतिक स्रोतमध्ये जलस्रोत महत्त्वपूर्ण मानिन्छ । जलस्रोतको बहुआयामिक उपयोग गर्न सके देश विकासमा सकारात्मक प्रभाव पर्छ । जलस्रोतको उपलब्धता सबैतिर हुँदैन तर यसको सही व्यवस्थापन हुन नसके प्राकृतिक प्रकोपको जोखिम पनि रहन्छ ।

भूपरवेष्टितताको अर्थशास्त्र

केही दिन अगाडि भारतले ब्लु इकोनोमी पारित गर्‍यो । यस्तो अर्थशास्त्र पारित गर्ने यो सम्भवतः पाँचाैं देश हो । यसअघि अमेरिका, बेलायत, फ्रान्स, चीनलगायत समुद्रकिनार भएका र समुद्रबाट जीवन निर्वहन गर्ने देशहरू रहेका छन् । केही देश समुद्री अर्थप्रणलीबाट आफूलाई समृद्ध बनाउन सक्षम भएका छन् भने नेपालजस्ता देश भूपरिवेष्टित भएकाले पहाडमा आफ्नै किसिमको अर्थतन्त्रमा रमाउन आवश्यक छ । चाहेर पनि विश्वका केही देश ब्लु इकोनोमिको लाभ पाउन सक्षम हुने छैनन् । ब्लु इकोनोमी भन्नाले समुद्रभित्र ६०० मीटर तल बहुमूल्य चीज रहेको विश्वासमा करोडौं खर्च गरेर गोताखोरहरूलाई समुद्रभित्रको अदृश्य सम्पत्ति झिक्ने कार्यलाई बुझिन्छ । त्यहाँबाट प्राप्त हुने अनेक बहुमूल्य चीजलाई पूँजीका रूपमा परिणत गरी देश विकासमा लगाइन्छ । समुद्र सहज ढुवानीको मेरूदण्ड हो । समुद्रका माछा मारेर लाखाैं मानिसको जीविकोपार्जन हुन्छ । नुन पनि समुद्रबाट नै प्राप्त हुन्छ । यसरी अहिलेसम्म समुद्रबाट किनारका देशले यी मात्र फाइदा लिइरहेका थिए भने अहिले आएर ब्लु इकोनोमीको नाममा समुद्रका पीँध खोतलेर सम्पत्ति झिक्ने कामको शुरुआत भएको छ । यो सबैबाट नेपालजस्ता भूपरिवेष्टित देशहरू भौगोलिक रूपमा नै वञ्चित छन् । भूपरिवेष्टित देशहरूले समुद्रको अथाह सम्भावना कहिल्यै प्रयोगमा ल्याउन पाउने छैनन् । यस तथ्यलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघले सन् १९८२ सामुद्रिक अन्तरराष्ट्रिय कानून पारित गरेको छ । यसमा भूपरिवेष्टित देशलाई पनि समुद्रसम्म आवतजावत गर्ने, झण्डावाल जहाज चलाउन पाउने, बन्दरगाहामा आफ्नो कार्गो राख्न सुरक्षित गर्न केही संरक्षित जमीन पाउनुपर्ने अधिकारको प्रत्याभूत गरेको छ । राष्ट्रसंघको पहलमा बनाएको यो कानूनले केही अधिकार प्रत्याभूत गरेको छ । यसका धाराहरू जसले भूपरिवेष्टित देशका अधिकारका बारेमा लेखेको छ त्यसमा पारवहन गर्न दिने राष्ट्रसँग मिलेर प्राप्त गर्नुपर्ने भन्ने लेखिएको छ । यस अर्थमा ब्लु इकोनोमी सञ्चालन त धेरै परको कुरा समुद्रका विभिन्न तटीय तथा सतही लाभबाट हामी वञ्चित छौं । समुद्रमा पहुँच संयुक्त राष्ट्रसंघको कानूनले दिए पनि समुद्रमा हाम्रो पहुँच छ नियन्त्रण छैन । कानूनमा उल्लेख भएअनुसार तटीय देशको अधिकार किनाराबाट १२ नटिकल माइल मात्र तोकिएको छ । त्यो लगभग २०० किलोमीटर हुन आउँछ । त्यो पछिको समुद्रमा कसैले दाबी गर्न पाउँदैन तर माछा, सी फुड, अन्य बहुमूल्य चिज २०० किमी पर गएर भेट्न उपभोग गर्न जमीनवेष्टित देशहरूले कहिल्यै सक्ने छैनन् । विश्वका ४४ देशहरू कहिल्यै लाभान्वित हुने छैनन् । ज्यादै थोरै जनसंख्या भएको यूरोपेली देश स्वीट्जरल्यान्ड र लक्जमबर्गबाहेक बाँकी ४२ भूपरिवेष्टित देश अल्पविकसितको सूचीमा छन् । भूपरिवेष्टित हुनु संयोग हो वा दुर्भाग्य यसको कुनै विश्लेषण हुन सक्दैन । हामी हाम्रो तरीकाबाट समृद्ध र विकसित बन्ने प्रयास गर्न सक्छौं । ब्लु इकोनोमी नभए पनि पर्वतीय अर्थशास्त्रका माध्यमबाट फरक विकासको बाटोमा लम्किन सक्छौं । नेपालको पहाड खोलानालामा प्राप्त सम्भावनाबाट समृद्ध बन्ने प्रविधिमा लाग्नुपर्छ । कुनै पहाडमा सम्भावनाको दृष्टिकोणबाट सयाैं गाई पालौं, अर्को पहाडमा हजाराैं बाख्रा, अर्कोमा कुखुरा, तलको बेंशीमा आधुनिक खेती प्रणालीको विकास गरेर एक फरक आर्थिक सोच जन्म दिऊँ । बेंशीमा धान, गँहु मकै अलि माथि पहाडमा पशुपालन, कतै माछा पालन गरेर त्यसमा व्यावसायिकता ल्याऊ । निर्वाहमुखी कृषि प्रणालीलाई भूमि सुहाउँदो व्यावसायिकतामा परिणत नगरिएसम्म समग्र परिवर्तनको आम चाहना अपुरो रहनेछ । अब नेपालमा जे छ त्यसको व्यापार गरौं । बोइलर कुखुराको केएफसीलाई लोकल कुखराको अग्र्यानिकतामा विश्वभर बिक्ने ब्रान्ड बनाऊँ । जसरी सबै कालापत्थर शालिग्राम हुँदैनन् त्यसरी नेपालको पहाडको मौलिकताको पनि कहीँ कतै कसैसँग तुलना गर्न सकिँदैन । यसका लागि संरचनागत रूपमा खेतीपाती उद्योग, यातायात हरेक क्षेत्रमा नयाँ सोचको जन्म दिऊँ । प्रत्येक किसानको हातमा ल्यापटप होस्, खानामा अनेक व्यञ्जन होस्, लगाउन राम्रो सुट होस्, पढ्नका लागि विश्व विद्यालय होस् तर लक्ष्यमा उद्यमशीलतामा आधारित व्यावसायिकता  होस् । पर्वतीय अर्थतन्त्रमा सफल त्यति बेला हुने छाैं जुन ठाउँमा जे उपयुक्त हुन्छ त्यो उब्जाउन दिलो ज्यान दिने छौं । यो एउटा व्यक्तिबाट सम्भव छैन, अहिलेको सोच र कर्मचारीतन्त्रबाट यो सम्भव छैन । सोच निर्माण र कार्यान्वयनका लागि पूर्ण प्रविधिमा आधारित नयाँ संरचना बनाऊँ । मिहिनेतले मात्र सम्पन्नता आउँदै आउँदैन प्रविधि र प्रणालि चाहिन्छ त्यसमा लगानी गरांै । उत्पादनमा व्यावसायिकता ल्याएर पर्वतलाई पर्यटकीय व्यापार केन्द्र बनाउनुपर्छ । थोरै उत्पादन गर्ने सोचले पनि हुँदैन । फरक तरीकाले गर्ने हो भने ७५३ स्थानीय निकायले ७००० ब्रान्डको विश्व बजार छुनेगरी काम गर्न सकिन्छ । एक गाऊँ एक उत्पादनको नारालाई जमीनमा लैजाऊँ । ललितपुरको चापागाँउ बजारबाट ४०० मीटरभित्र १० ओटा भैंसी व्यावसायिक रूपमा पालेर सुनाकोठीको महँगो ठाउँमा घर ठड्याउन सक्छ । त्यत्तिकै तापक्रम भएको गुल्मीको जोहाङ र लिम्घामा १०००० भैंसी पालेर घ्यू ब्रान्डिङ गरेर जापानमा बेच्न गाह्रो हुनेछैन । काम गर्ने प्रत्येक कामदारलाई महीनाको ५० हजार तलब दिनुपर्छ । उसको बस्ने घरमा, टिभी, फ्रिज, ल्यापटप, नेटको सुविधा हुनुपर्छ । ८ घण्टा काम गरेपछि उसले कुनै विश्वविद्यालयको पढाइ पढ्न पाउनुपर्छ । सक्छ देशले स्वदेशी पूँजीपतिले लगानी गरून् नसके प्रत्येक्ष वैदेशिक लगानी यो क्षेत्रमा ल्याऊ । कृषिमा एक चरण आधुनिकतामा नगएसम्म हामी, औद्योगिकीकरणमा जान सक्दैनौं र उद्योगमा फड्को नमारी सूचनाप्रविधिमा चमत्कार गर्न सकिँदैन । प्रक्रियाविनाको प्रयासले आजसम्म कोही सफल भएको छैन र हुँदैन । प्रयास गरेरमात्र सफल हुने भए प्रत्येक युवाहरू रोनाल्डो बनेर १०६ गोल हानिसकेका हुन्थे । प्रक्रिया, प्रणाली र प्रयासको तालमेल मिलाउनुपर्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

युवा भविष्यका वर्तमानका कर्णधार

नेपालको जनगणना २०६८ अनुसार १५–२४ वर्षउमेर समूहका युवाको संख्या झन्डै २० प्रतिशत छ, जुन युवा २० वर्षसम्म युवा रहन्छ। यो समूहलाई ‘युथ बल्ज’ भनिन्छ। यो उमेर समूहलाई राज्यले उचित व्यवस्थापन गर्न नसके देश पछि पर्ने उदहारण धेरै पाइन्छ। अहिले नेपालको अवस्था युथ बल्जमा रहेको छ। त्यसैगरी १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४०.३५५ रहेको छ।