आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

काठमाडौं– लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। पराजित लखनउ बाहिरिएको छ। अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। गुजरात फाइनल पुगिसकेको छ। बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको […]

सम्बन्धित सामग्री

लखनउलाई हराउँदै बैंगलोर आईपीएल क्रिकेटको क्वालिफायरमा

रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यस्तै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १/१ विकेट लिए ।...

आज बैंगलोर र पञ्जाव भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ । मुम्बईमा राति पौने ८ बजे शुरु हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने छ । बैंगलोर आज ८ औं जित निकाल्ने तयारीमा छ । १२ खेलबाट १४ अंकसहित चौथो स्थामा रहेको बैंगलोर पञ्जाबलाई हराएर तेस्रो स्थानमा आउन […]

आईपीएल: चेन्नईलाई हराउँदै बैंगलोर चौथो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर चाैथाे स्थानमा उक्लेकाे छ ।

गुजरातसँग बैंगलोर पराजित

रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रियिमर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्ससँग पराजित छ । शनिबार भएको खेलमा बैगलोर गुजरातसँग ६ विकेटले पराजित भएको हो । मुम्बईमा बैंगलोरले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।गुजरातका लागि राहुल तेवातियाले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै डेभिड मिलरले ३९ रन बनाउँदा सुभमन गिलले ३१ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि साहबाज अहमेद र वानिन्दु हर्शरङगाले दुई–दुई विकेट लिए ।

आईपीएलमा आज राजस्थान र बैंगलोर भिड्दै

काठमाडौं, २२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (मंगलबार) एक खेल हुँदैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने छ । खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुनेछ । शीर्ष स्थानमा रहेको राजस्थान लगातार तेस्रो जितको खोजीमा मैदान उत्रिने छ भने सातौं स्थानमा रहेको बैंगलोर […]

आईपीएल क्रिकेटः आज कोलकाता र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलको सातमध्ये पाँच खेलमा विजयी र दुईमा पराजित भएको बैंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै सात खेलमध्ये दुईमा विजयी र पाँचमा पराजित भएको कोलकाता चार अंकसहित तालिकाको चौथो स्थानमा छ।

आईपीएल क्रिकेटः आज पञ्जाव र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किङ्स भिड्दै छन्। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखी सुरु हुनेछ। आईपीएलको ६ मध्ये ५ जित र १ खेल हारेको बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ। ६ खेलमध्ये २ जित र ४ खेल हारेको पञ्जाव ४ अंकसहित छैटौं स्थानमा छ।

दिल्लीलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर  इन्डियन प्रिमियर लिग आईपीएलको  शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे। यस्तै म

आईपीएल क्रिकेट : आज दिल्ली र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्र्जस बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको बैंगलोर समान अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।