काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे। यस्तै म