दुर्गम जिल्लामा थप सत्ताइस हजार क्विन्टल चामल पठाइँदै

काठमाडौं, जेठ २९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लामा २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ । चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको […]

सम्बन्धित सामग्री

पाँच महिनामा उनन्साठी हजार क्विन्टल चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच महिनामा ५९ हजार ६११ क्विन्टल चामल ढुवानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुर्गम तथा सुगम जिल्लामा सो परिमाणमा चामल ढुवानी गरेको हो । ढुवानीबापत आठ करोड ९७ लाख छ हजार २२८ रुपियाँ खर्च भएको कम्पनीले जनाएको छ । दुर्गम जिल्लामा ३४ हजार ८५७ क्विन्टल र सुगम जिल्लामा २४ हजार ७६४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षमा दुई लाख ९९ हजार ३०१ क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य रहेको छ ।

दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सो चामल ढुवानी गर्न लागेको हो । चामल ढुवानीका लागि ४७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याउने गरेको छ । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिने गर्छ । कम्पनीले स्थल र हवाई मार्गबाट ती जिल्लामा खाद्यान्न ढुवानी गर्छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल पठाउने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाको मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो ।

साढे दुई लाख क्विन्टल चामल ढुवानी

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम तथा पहाडी जिल्लाका लागि साढे दुई लाख क्विन्टलभन्दा बढी चामल ढुवानी गरेको छ । कम्पनीले आव २०७८/७९ मा २४ दुर्गम तथा पहाडी जिल्लामा तीन लाख आठ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकामा दुई लाख ५४ हजार ६२९ क्विन्टल चामल ढुवानी गरेको हो । गत आर्थिक वर्षका लागि सरकारले दुर्गम र पहाडी जिल्लामा चामल ढुवानी गर्न ४६ करोड रुपियाँ विनियोजन गरेको थियो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कतिपय ठाउँमा चामल पुग्न बाँकी रहेको बताउनुभयो । कम्पनीले सडक र हवाई मार्गबाट चामल ढुवानी गर्दै आएको छ ।

छुटको चामल किन्दैनन् उपभोक्ता

पर्सा : दुर्गम जिल्लामा खाद्यान्न नपुगेर हाहाकार भइरहे पनि सुगम जिल्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चाडपर्वका बेला पनि चामल किन्ने उपभोक्ता नपुग्ने गरेको भेटिएको छ। मध्य तराईको पर्सा, बारा र रौतहटका उपभोक्तालाई लक्षित गरी पर्सामा रहेको राज्य मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा चाडपर्वलाई लक्षित गरी उपभोक्ताका लागि बिक्री खुला गरिएको छ। तर, असोज १ देखि चाडपर्वलाई लक्षित गरी खाद्यान्न छुटसहित बिक्री खुला गरिएको कम्पनीबाट १८ दिनको अन्तरालमा जम्मा साढे चार क्विन्टल मात्

दुर्गममा खाद्यान्न ढुवानी : दशैँ अगावै चामल पठाउने तयारी

असोज १२, सुर्खेत । चाडपर्व नजिकिएसँगै पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्नको माग बढ्दै गइरहेको छ । हिमाली जिल्लाहरुमा मानसरोवार जाने पर्यटक आउनुका साथै चाडपर्व नजिकिएकाले आम नागरिकले खाद्यान्न मौज्दात गर्न थालेपछि चामलको माग बढ्दै गएको हो ।  माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिपोमा पर्याप्त चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले बताएको छ । मुगु लगायत कतिपय जिल्लाहरुमा स्थल मार्गबाट चामल ढुवानी भइरहेकाले संकटको अवस्था नरहेको कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्राले बताए ।  उनले माथिल्लो डोल्पामा सडकको असहजतासँगै स्थानीय तहले कर्णाली प्रदेश सरकारको अनुदानमा चामल वितरण गरेकाले अनुकूल मौसम पर्खदै हाल खाद्यान्न ढुवानीलाई तीव्रता दिन लागिएको जनाए ।  उनका अनुसार दशैँ अगावै खाद्यान्नको माग भएका स्थानमा चामल ढुवानी हुने पक्का भएको छ । ‘माथिल्लो डोल्पाका लागि नमूना ढुवानी सेवा मार्फत सुर्खेत र नेपालगञ्जबाट चामल ढुवानी तयारी शुरु गरिसकेका छौं,’ उनले भने, ‘जाजरकोट जिल्लाका केही स्थानमा समेत चामलको माग आएकाले दशैँ अगाबै मागलाई सम्बोधन गर्न हामी सक्षम छौं ।’ उनले मुगु र डोल्पामा खाद्यान्न अभाव भन्ने मिडियामा आएजस्तो जिल्लाभरी नभई केही स्थानमा चामलको माग भएकाले स्थल र हवाई मार्गमार्फत चामल ढुवानी तीव्र पारिएको बताए ।  उनका अनुसार कम्पनीको सुर्खेत गोदामबाट सोमवार मुगुका लागि स्थल मार्गबाट खड्का निर्माण सेवाले १७० मेट्रिक टन चामल पुर्‍याएको छ । सुर्खेत स्थित कम्पनीको गोदाममा अहिलेपनि पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि २२ हजार क्विन्टल चामल मौज्दात रहेको सुर्खेत प्रादेशिक कार्यालयका लेखापाल विनोद पौडेलले बताए ।  उनले हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा चामल पठाउने तयारी पुरा भएको जनाए । अहिले यी जिल्लाहरुमा चामलको माग अत्यधिक छ ।  निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुने हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै गएको हो । ‘पहाडी जिल्लामा चामलको माग अत्यधिक हुन्छ,’ उनले भने, ‘हामी जति सक्दो छिटो चामल पठाउने तयारी गरेका छौं ।’ अति आवश्यक परेमा सुर्खेतसँगै नेपालगञ्जबाट समेत चामल पठाउने गरेको भएपनि जनशक्ति अभाव हुँदा पहाडी जिल्लाका केही दुर्गम डिपोमा चामल वितरणमा असहजता हुने गरेको उनले जनाए ।  यसका वावजुद पनि दशैँ अगावै नागरिकलाई सस्तोमा चामल उपलब्ध गराउने गरेर काम भइरहेको उनको भनाइ छ । सुर्खेत र नेपालगञ्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ । ति जिल्लाबाट यो भन्दा बढी चामलको माग आए पनि केन्द्रको अनुमति लिएर पठाउने गरिएको उनले जानकारी दिए । कम्पनीको सुर्खेत गोदाममा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टीम जिरा मसिनो चामल पाइन्छ ।  भित्री मधेशभन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढी छ । चामल ढुवानीमा ढिलाइ हुँदा पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई प्रायः चाडपर्व एवम् वर्षातमा अहिलेपनि खाद्य संकटको सामना गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।

दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री […]

खाद्य कम्पनीबाट तराईमा २० हजार क्विन्टल चामल बिक्री

लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराइका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ ।

दुर्गम जिल्लामा थप सत्ताइस हजार क्विन्टल चामल पठाइँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको जानकारी दिनुभयो ।

दुर्गम जिल्लामा कोटाभन्दा कम चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ९८ हजार क्विन्टलभन्दा बढी चामल ढुवानी भएको जनाएको छ । व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई लाख २३ हजार ८७१ क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि चैतसम्ममा ९८ हजार १६१ क्विन्टल मात्र ढुवानी गर्न सकेको छ । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो ।

दुर्गममा पुग्यो पचहत्तर हजार क्विन्टल चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७५ हजार क्विन्टल चामल ढुवानी गरेको छ । खाद्य कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि फागुुनको पहिलो सातासम्म ७५ हजार ३६० क्विन्टल चामल ढुवानी गरेको हो । चालू आर्थिक वर्षमा दुर्गम जिल्लामा दुई लाख १८ हजार १६८ क्विन्टल स्वीकृत कोटाअनुसार सो परिमाणको चामल ढुवानी भएको हो । उक्त चामल ढुवानीमा १८ करोड ५१ लाख ६७ हजार ८४४ रुपियाँ खर्च भएको खाद्य कम्पनीले जनाएको छ ।