पाँच महिनामा उनन्साठी हजार क्विन्टल चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच महिनामा ५९ हजार ६११ क्विन्टल चामल ढुवानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुर्गम तथा सुगम जिल्लामा सो परिमाणमा चामल ढुवानी गरेको हो । ढुवानीबापत आठ करोड ९७ लाख छ हजार २२८ रुपियाँ खर्च भएको कम्पनीले जनाएको छ । दुर्गम जिल्लामा ३४ हजार ८५७ क्विन्टल र सुगम जिल्लामा २४ हजार ७६४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षमा दुई लाख ९९ हजार ३०१ क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य रहेको छ ।