स्थानीय तहको चुनावमा तराई मधेसमै कमजोर भएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पुनः गठबन्धन तथा एकताका लागि चर्चा सुरु भएको छ ।१० महिना आगाडि जसपा विभाजन भएर लोसपा नेपाल गठन भएको थियो । स्थानीय तह निर्वाचनमा जसपा नेपाल सत्तारुढ गठबन्धनमा प्रतिस्पर्धामा उत्रिएको थियो भने लोसपा अलग्गै थियो । यद्यपि आफ्नो आधार क्षेत्र तराई मधेसमै दुवै दल कमजोर भए ।विगतको चुनावमा तत्कालीन राजपा (अहिलेको लोसपा) ले स्थानीय तहमा २५ पालिका जि