सहयोगापेक्षीको उद्धारलाई गलत प्रचार गरियो : महानगर प्रहरी

काठमाडौं : काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलले सडकबाट अपाङ्गता भएका व्यक्तिलाई महानगरले पक्राउ गर्‍याे भनेर प्रकाशन भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको महानगरपालिकाले जनाएको छ।  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘उनी सडकमा चुरोट तथा गुट्खालगायतका वस्तु बिक्री गरिरहेका थिए। सडकमा भएका सहयोगापेक्षीहरुलाई उद्धार गरेर हामीले मा...

सम्बन्धित सामग्री

महानगर प्रहरी बलको गाडीमा राखेर किसानलाई बिक्रीस्थल पुर्‍याइँदै

काठमाडौं- महानगर प्रहरी बलको सवारी-साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामानसहित तोकिएको बिक्रीस्थलमा पुर्‍याइँदैछ। तिहारलक्षित फूल र माला लिएर बेच्न आएका किसानलाई तोकिएको बिक्रीस्थलसम्म पुग्न कठिन भएकोले सवारी-साधनबाट सहयोग गरिएको हो। यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ। यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ। ‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर […]

तस्बिरमा हेर्नुहोस् ३१औं महानगर प्रहरी दिवसको रौनक

काठमाडौं,१४ भदौ । काठमाडौं महानगरपालिकाले ३१औं महानगर प्रहरी दिवस सम्पन्न गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गर्दै महानगरले ३१औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै उपमेयर सुनिता डंगोललगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिती रहेको थियो । तस्बिरमा हेर्नुहोस् स्थापना दिवसको रौनक सबै तस्बिरहरु: मुकुन्द कालिकोटे- रिर्पोटस नेपाल

गुठी र बाजा संग्रहालयको विवादमा महानगर प्रहरीको हस्तक्षेप

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न निर्र्देशन दियो । महानगर प्रहरीले निर्देशन दिएपछि लोक संस्कृति अभियन्ता, बाजा संरक्षकहरुले विरोध गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले अभद्र शैलीमा संग्रहालय हटाउन धम्क्याएको संग्रहालयका अध्यक्ष राम कँडेलले बताए । महानगर प्रहरीले फुटपाथ पसलेलाई जस्तो अहिले […]

काठमाडौं महानगर प्रहरीमा विवाद : राजीनामादेखि पोशाक नपाउनेसम्म

काठमाडौं : काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिए। चुडालको राजीनामासँगै महानगर प्रहरीभित्रको विवाद सतहमा आयो। चुडालले राजीनामा बुझाए पनि स्वीकृत भने भएको छैन। मेयर बालेन साहको प्रिय पात्र मानिने महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आफूभन्दा मुनिका कर्मचारीमाथि अत्याचार गरेको आरोप छ। पाण्डेले गत भदौमा प्रमुखको जिम्मेवारी पाएका थिए। महानगर प्रहरीमा पाण्डेको आगमनसँगै महानगर व्यवस्थित भएको चर्चासमेत हुने

महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् । पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, महानगर प्रहरी प्रमुखको टाउको फुट्यो

काठमाडौं  : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएसँगै तनाव ग्रस्त बनेको छ।  महानगरको विरोध गर्दै आन्दोलनमा उत्रेका स्थानीयकाे घरेलु  हतियारबाट महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका हुन्। उनको टाउको फुटेको छ। पाण्डेसहितका नगर प्रहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नगर प्रहरी प्रमुख घाइते भएको जानकारी आएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनले भने,‘कति जना घाइते भएको यकिन जानकारी पाएको छैन। म पनि घ

बोर्डहरु हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ,२ मँसिर । काठमाडौँ महानगरपालिका स्थित पुतलीसडक क्षेत्रमा अनुमतिबिना राखेका व्यावसायिक बोर्डहरु हटाउँदै महानगर प्रहरी । तस्बिर : मेघनाथ पहाडी/रासस

असन र इन्द्रचोकमा महानगर प्रहरी

काठमाडौँ- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । […]

फुटपाथ क्षेत्रलाई व्यवस्थित बनाउँदै महानगर

काठमाडौं महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्ने भएकाले सबैले यस अभियानमा महानगरलाई सहयोग गराेस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको बताए।...