काठमाडौं : काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिए। चुडालको राजीनामासँगै महानगर प्रहरीभित्रको विवाद सतहमा आयो। चुडालले राजीनामा बुझाए पनि स्वीकृत भने भएको छैन। मेयर बालेन साहको प्रिय पात्र मानिने महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आफूभन्दा मुनिका कर्मचारीमाथि अत्याचार गरेको आरोप छ। पाण्डेले गत भदौमा प्रमुखको जिम्मेवारी पाएका थिए। महानगर प्रहरीमा पाण्डेको आगमनसँगै महानगर व्यवस्थित भएको चर्चासमेत हुने