भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डाै  - भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप  व्यक्तिमा कोरोना देखिएपछि  भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा  ७९ हजार सात सय ३० पुगेको छ ।  देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन् ।  पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करो

भारतमा एकैदिन थपिए २० हजारभन्दा बढी कोरोना संक्रमित

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन्। हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ। देशभर एक […]

भारतमा एकैदिन चार लाखमा कोरोना सङ्क्रमण, तीन हजार चार सय जनाको ज्यान गयो

काठमाण्डाै - भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ । महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना ...

भारत : एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण, आईसीयू र भेन्टिलेटरको अभाव

काठमाण्डाै - भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो । भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान ...

भारतमा एकैदिन ९५ हजार ७३५ सङ्क्रमित थपिए

काठमाण्डाै – भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ९५ हजार सात सय ३५ जनामा सङ्क्रमण देखिएको हो । भारतमा एकैदिन सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।  कोभिड–१९ सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा एक...

भारतमा एकैदिन ५० हजारमा काेराेना सङ्क्रमण, ७ सय ८ जनाको ज्यान गयाे

काठमाण्डौ - भारतमा एकैदिन झण्डै ५०  हजार जनामा कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४९  हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेकाे छ । यस्तै भारतमा काेराेनाका कार...