बुटवल । गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा ४३ औँ विश्व पर्यटन दिवस मनाइएको छ । लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघलगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, हल्यान्ड, भारतबाट आएका बाह्य पर्यटकहरुलाई...