मनाङ आउने पर्यटकलाई स्वागत

सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला यहाँ आउने पर्यटकलाई स्वागत तथा सम्मान गरिएको हो । यहाँका पर्यटकीय क्षेत्रहरुमा यस दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छ । कोभिड–१९ को सङ्क्रमणले थिलथिलो परेको पर्यटन तथा होटल व्यवसायलाई चलायमान बनाउन मनाङवासीले यो तयारी थालेका हुन् ।

सम्बन्धित सामग्री

विश्व पर्यटन दिवस : मनाङमा पर्यटकलाई स्वागत

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा स्वागत गरिएको छ। ४२औं विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरुलाई अन्नपुर्ण संरक्षण क्षेत्र (एक्याप) र पर्यटन व्यवसायीहरुले स्वागत गरेका हुन्।  मनाङ घुम्न हिँडेका पर्यटकलाई...