स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने

काठमाडौं । निर्वाचन आयोगले ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न ४० इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनलाई निरन्तरता दिँदै स्थानीय तहको केन्द्रमा समेत संकलन कार्यक्रम शुरू गर्ने भएको छ ।      आयोगले यही मंसिर १७ गतेदेखि उल्लिखित कार्यालय रहेका स्थानीय तहबाहेकका ६३७ स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम अभियानका रूपमा शुरू गर्न लागेको जनाएको छ । मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाडाँं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्माद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । २०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्थाबमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएको छ । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस् भनी आयोगले सो अभियान सञ्चालन गर्न लागेको हो । संकलन कार्य हरेक जिल्लामा दुई चरणमा हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । उक्त नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन कार्य हुने विज्ञप्तिमा उल्लेख छ । आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । विभिन्न रोजगारी वा अध्ययनको क्रममा आफ्नो जिल्लाबाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रक्रियामा सहभागी गराउन मंसिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकको समेत मतदाता नामावली संकलन कार्य शुरू गरिने आयोगले बताएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रममा देशभर करीब दुई हजार ३०० कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २०७८ पुस २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ । रासस

सम्बन्धित सामग्री

मतदाता नामावली संकलन स्थगित

काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ। इलाम र बझाङका लागि वैशाख १५ गते चुनावको मिति घोषणा भएसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। आयोगका प्रवक्ता डा. थानेश्वर भुसालले भने, ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० ९२० बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता […]

मतदाता नामावली संकलन आजदेखि स्थगित

काठमाडौं । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । आयोगले देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको […]

मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने

१९ साउन, काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने अनलाइनखबरलाई बताए । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको […]

पालिकाबाटै मतदाता नामावली संकलन गर्न माग

पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् । निर्वाचन  कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

मतदाता नामावली संकलन स्थगित गर्ने आयाेगकाे निर्णय

काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ।आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो। सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुने आयाेगले जनाएकाे छ।निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ। आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको छ।

नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली संकलन

निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली संकलन गरिरहेको छ ।  देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ ।  यसका साथै मतदाता नामावली संकलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त  भएको र दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको आयोगको भनाइ छ । ...

धादिङमा मतदाता नामावली संकलन सुरु

धादिङका विभिन्न स्थानीय तहमा मतदाता नामावली संकलन सुरु भएको छ। पहिलो चरणमा ६ ओटा स्थानीय तहमा शुक्रबारदेखि मतदाता नामावली संकलन सुरु गरिएको हो।...

हुम्लामा दुई चरणमा मतदाता नामावली संकलन गर्ने

काठमाडौं, पुस १३ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । हुम्लामा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चंखेली ताँजाकोट र नाम्खा गाउँपालिकामा मतदाता नामावली संकलन हुने जनाइएको छ । मंसिर २९ गतेबाट सुरु […]

दुई चरणमा मतदाता नामावली संकलन

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

डडेल्धुराका पाँच स्थानीय तहमा ‘मतदाता नामावली संकलन’ गरिँदै

डडेल्धुरा : डडेल्धुराका पाँच स्थानीय तहमा फोटोसहितको ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन हुने भएको छ। निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने भएको हो।जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन सुरु गर्ने भएको हो। निर्वाचन कार्यालयले पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा मतदाता नामावली संकलन गरिने जनाएको छ। पहिलो चरणमा जिल्लाका आलिताल, भागेश्वर र नवदुर्गा गा