डडेल्धुरा : डडेल्धुराका पाँच स्थानीय तहमा फोटोसहितको ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन हुने भएको छ। निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने भएको हो।जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन सुरु गर्ने भएको हो। निर्वाचन कार्यालयले पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा मतदाता नामावली संकलन गरिने जनाएको छ। पहिलो चरणमा जिल्लाका आलिताल, भागेश्वर र नवदुर्गा गा