निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली संकलन गरिरहेको छ ।
देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ ।
यसका साथै मतदाता नामावली संकलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भएको र दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको आयोगको भनाइ छ । ...