गाउँपालिकामा आन्दोलन गरिरहेका जनप्रतिनिधि र कांग्रेसका नेताहरूले आफूमाथि हातपात भएको भन्दै जुम्ला तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जिल्ला प्रशासन कार्यालय जुम्लामा उजुरी दिएकी छन् । उनले आफूमाथि हातपात गरेको आरोपमा ३ जना वडाध्यक्षसहित ६ जना कांग्रेसका स्थानीय नेताविरुद्ध उजुरी दिएकी हुन् ।