काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । नेप्से आज आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा झरेको छ ।
आज होटल, अन्य र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर सात अङ्कले, विकास बैंकको ४५, व्यापारको १७, जलविद्युतको तीन, फाइनान्सको ३९ र माइक्रोफाइनान्स समूहको शेयर २६ अङ्कले घटेको छ ।
यस्तै जीवन बीमा समूहको शेयर ४५ अङ्कले, निर्जीवन बीमा समूहको एक सय १९, उत्पादनको २४ र लगानी समूहको शेयर एक सय ६ अङ्कले घटेको छ ।
आज दुई सय २४ कम्पनीका ...