काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजारको पहिरो आज पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज साेमवार ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३० वटा कम्पनीको शेयर कारोबार भएकोमा पाँच वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ ।
शेयर बजार लगातार घटेपछि बेच्नेहरूको लहरले आज कारोबार सङ्ख्या र रकम भने बढेको छ । ६१ लाख ८...