नेपाली कांग्रेसको महाधिवेशन : मकवानपुरमा १०२ वटा वडामै अधिवेशन सम्पन्न

हेटौंडा : मकवानपुरको १०२ वटै वडामै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि भएको अधिवेशनमा केही वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा भने आइतवार निर्वाचन भएको थियो। १३ वटा वडामा निर्वाचनबाट र बाँकी ८९ वडामा सर्वसम्मतले वडा कार्य समिति र…

सम्बन्धित सामग्री

राजनीतिक दलहरूमा शुरू भएको रूपान्तरणको अध्याय

देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन भर्खरै सम्पन्न भएका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अर्को साता हुँदैछ, भने पूर्वपञ्चहरूको पार्टी राप्रपाको पनि महाधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेस महाधिवेशनको कतिपय पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना अझै सकिएको छैन ।  सभापति, उपसभापतिदेखि महामन्त्रीसम्म सार्वजनिक भएको नतिजाले कांग्रेसमा रूपान्तरणको अध्याय शुरू भएको संकेत गर्दछ ।  प्रधानमन्त्री समेत रहेका शेरबहादुर कांग्रेस सभापतिमा दोहोरिए पनि उपसभापतिदेखि मह...

नेपाली कांग्रेस प्रतिको अपेक्षा

सत्तारूढ दल नेपाली कांग्रेसको महाधिवेशन अबको दुई दिनपछि राजधानीमा शुरु हुँदै छ । नेपालको पुरानो लोकतान्त्रिक पार्टीप्रति ठूलो परिमाणमा नेपालीले आशाको नजर लगाएका छन् । पछिल्लो समय राजनीतिक दलहरु लोकतान्त्रिक अभ्यासप्रति कमजोर भएका, लोभलालच बढी देखिएको, आर्थिक चलखेल बढेको र निर्वाचन पद्धति खर्चिलो भएका कारण विकृति चुलिएको गुनासो आइरहेका बेला नेपाली कांग्रेस कसरी अघि बढ्छ, […]

दलीय सहमतिविना एमसीसी पास हुँदैन : मन्त्री खड्का

विराटनगर । परराष्ट्र मन्त्री डा. नारायण खड्काले दलीय सहमति नभए मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिवार कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकाले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताएका छन् । ‘हामी सहमतिको प्रयासमा छौं, दलहरूबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको भन्दै उनले सरकारले सबै काम सहमतिका आधारमा गर्ने बताए । उनले गठबन्धन दलहरूबीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषयमा पार्टीले निर्णय लिने जानकारी दिए । सरकारले प्रदेश सरकार गठनलगायत विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउने भन्दै अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो नलागिसकेको टिप्पणी गरे । उनले प्रदेश १ सरकारको नेतृत्व अझै पनि कांग्रेसले गर्ने सम्भावना जीवित रहेको टिप्पणी गरेका छन् । गठबन्धन दलहरूबीच सन्तुलन मिलाउनुपर्ने भएकाले नेपाली कांग्रेस लचिलो भएर प्रस्तुत हुने स्पष्ट पारे । मन्त्री खड्काले नेपालको नक्साबमोजिमको नेपाली भूभागका विषयमा देखिएको समस्या समाधानका लागि सरकारले छलफल अघि बढाउने जानकारी दिएका छन् । यसअघि सरकारले पठाएका कूटनीतिक नोटहरूको अध्ययन गर्ने काम भइरहेको भन्दै लिपुलेक कालापानी क्षेत्रमा राष्ट्रिय जनगणना कार्यक्रम सञ्चालन गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउने बताए । अर्को प्रसंगमा मन्त्री खड्काले सरकारमा सहभागी र गठबन्धनमा आबद्ध दलहरूबीच सहमति नगरी सरकार अर्ली इलेक्शनमा नजाने बताए । उनले गठबन्धन दलहरूबीच सहमति बनेको खण्डमा अर्ली इलेक्शनमा जान पनि सकिने उनको भनाइ थियो । मन्त्री खड्काले नेपाली कांग्रेसको महाधिवेशन पुसयता सम्भव नरहेको पनि बताएका छन् । कतिपय जिल्लामा वडा अधिवेशनहरू हुन नसकेको र पालिका अधिवेशन तथा जिल्ला अधिवेशनहरू बाँकी रहेकाले पनि मङ्सिरमा महाधिवेशन गर्न नसकिने उनले बताए । बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको र कृषिबालीमा नोक्सानी भएको विषयमा सरकार गम्भीर रहेको भन्दै पीडितलाई राहत दिने गरी सरकारले योजना बनाइरहेको जानकारी मन्त्री खड्काले गराए । परराष्ट्रमन्त्री गृह जिल्ला उदयपुर र सुनसरीको कार्यक्रममा सहभागी हुन आएका हुन् ।

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको […]

प्रजातान्त्रिक संस्कारको अपरिहार्यता : RajdhaniDaily.com

RajdhaniDaily.com | नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित भएर बहस चल्न थालेका छन् । पटकपटक स्थगित हुँदै र समय तोकिँदै गरेको नेपाली कांग्रेस पार्टी महाधिवेशन सबैको आँखामा - प्रजातान्त्रिक संस्कार

कांग्रेस महाधिवेशन समयमै हुनुपर्छः सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन झापाद्वारा सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता व्यक्त गरे ।