‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण, हालसम्म कति भए डाउनलोड ?

शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८०६ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ६३ हजार ५८० जना प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भएता पनि विभिन्न कारणले गर्दा एक लाख ७५ हजार २२७ जना प्रयोगकर्ताको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद...

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?

सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिइरहेका छन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिपयले त प्रयोग गरेर हेर्नकै लागि भए पनि यो एपलाई डाउनलोड गरिरहेका छन् । तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् खासगरी ट्राफिकले सवारीसाधनको चिट...

नागरिक एपप्रति आकर्षण : ६ लाखभन्दा बढीले डाउनलोड गरे नागरिक एप

जेठ २, काठमाडौं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ ।             सार्वजनिक गरिएको एप चार महीनाको अवधिमा ६ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ३४ दशमलव ७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।             सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार ५ लाख ७४ हजार २०३ जनाले एन्ड्रोइड फोनमा एप डाउनलोड गरेका छन् । यस्तै ५२ हजार ८५९ बढीले आइफोन (आईएसओ)  र ५ हजारभन्दा बढीले क्यूआर कोर्ड स्क्यान गरेका छन् ।             एप डाउनलोड गर्नेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भए पनि प्रमाणीकरण गर्नेको संख्या न्यून रहेको छ । हालसम्म ४ लाख १८ हजार १८८ जनाको अर्थात् ६५ दशमलव ३ प्रतिशत प्रमाणीकरण भएको छैन भने २ लाख २२ हजार ३१५ जना अर्थात् ३४ दशमलव ७ प्रतिशत मात्र प्रमाणीकरण भएको छ ।             उक्त एप डाउनलोड भए पनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । केन्द्रमा एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासँगै टेलिफोनबाट धेरै प्रयोगकर्ताको गुनासो आउने गरेको छ ।             हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेको जस्ता गुनासो आउने गरेको उनले जानकारी दिए । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको जस्ता गुनासो गर्ने गरेका छन् ।             गत माघ २ गते बेटा भर्सनका रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो ।             पछिल्लो समय पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै क्यूआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नागरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिनेछन् । रासस

पाँच लाखभन्दा बढी पटक डाउनलोड भयो नागरिक एप

काठमाडौं। गत वर्ष २०७७ सालको माघ पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ। परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो। यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन्।

पाँच लाखभन्दा बढी पटक डाउनलोड भयो नागरिक एप

काठमाडौं। गत वर्ष २०७७ सालको माघ पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ। परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो। यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन्।

नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या

१३ माघ, काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् । तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न […]

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ। शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८०६ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ।

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ।

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’, आफ्नाे नाममा सिम कार्ड नहुँदा समस्या

काठमाण्डाै – ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।  यस एप एन्ड्रोइडमा आइतबार १२ बजेसम्म एक लाख ६२ हजार पाँच सय प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्...