पाँच लाखभन्दा बढी पटक डाउनलोड भयो नागरिक एप

काठमाडौं। गत वर्ष २०७७ सालको माघ पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ। परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो। यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन्।

सम्बन्धित सामग्री

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।  साक्षरता कार्यक्रम विराटनगरको हिमालय दर्शन, इटहरीको कोशी कलेज, विराटचोकको सुकुना कलेज र उर्लाबारीको जय वशिष्ट रिसोर्टमा आयोजना भएको थियो । कार्यक्रममा प्रदेश सांसद,...

कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा आयोजना हुने नागरिक एप सम्बन्धि साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको हो ।  कार्यक्रममा विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।  नागरिक...

नागरिक एप र क्युरा हेल्थले जिते अन्तर्राष्ट्रिय अवार्ड

नागरिक एप र क्युरा हेल्थले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । नेपालका २ प्रडक्ट नागरिक एप र क्युआर हेल्थले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ हात पार्न सफल भएका हुन् ।  नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप र हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थले डब्लुएसए अवार्ड जितेका हुन् ।  यसले नेपालमै बनेका डिजिटल प्रडक्ट र इन्नोभेसन...

वर्ल्ड समिट अवार्ड २०२२ मा नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ को अवार्डमा नेपालका ३ प्रडक्ट शर्टलिष्ट भएका छन् । नेपालका नागरिक एप, क्युरा हेल्थ र वेद डब्लुएसए अवार्डको शर्टलिष्टमा छनोट भएका हुन् ।  एब्लुएसएमा यस वर्ष ७९ बढी देशबाट ३२५ नोमिनेसन आएका थिए, जसमध्ये ५९ देशका १३७ प्रडक्ट डब्लुएसए २०२२ मा शर्टलिष्ट भएका छन् ।   नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप, हेल्थ...

सरकारी सेवालाई प्रभावकारी बनाउन ‘नागरिक एप निर्देशिका’

काठमाण्डाै - सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८) ल्याएको छ ।  सार्वजनिक निकायमा रहेका विद्युतीय सूचना प्रणालीबीच अन्तर एक्यबद्धता  कायम गरी नागरिकलाई छिटो, छरितो, मितव्ययी र प्रभावकारीरुपमा एउटै विद्युतीय प्रणालीबाट सेवा र सूचना प्रवाहको व्यवस्था गर्न याे निर्देशिका ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।  एप सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई हुनेछ । यही वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप’ ...

पाँच लाखभन्दा बढी पटक डाउनलोड भयो नागरिक एप

काठमाडौं। गत वर्ष २०७७ सालको माघ पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ। परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो। यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन्।

नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या

१३ माघ, काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् । तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न […]

नागरिक एप युगान्तकारी रुपान्तरण – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले 'नागरिक एप'मार्फत विदाका दिनमा पनि ३ सय २५ जनाले प्यान नम्बर प्राप्त गरेको भन्दै यसलाई युगान्तकारी रुपान्तरण भएको बताएका छन् । आइतवार साँझ एक ट्वीट गर्दै ओलीले कार्यालय अवधि र कर्मचारीको उपस्थितिबिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको उल्लेख गरेका हुन् । 'नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गर्नु भएको छ । कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युग...

सरकारले ल्यायो ‘नागरिक एप’, अब सबै सार्वजनिक सेवाहरु एकै ठाउँ

काठमाडौं । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गरेका हुन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको मन्त्रालयले जनाएको छ । सरकारको डिजिटल... The post सरकारले ल्यायो ‘नागरिक एप’, अब सबै सार्वजनिक सेवाहरु एकै ठाउँ appeared first on Purbeli News.

सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन नागरिक एप सञ्चालन

काठमाडौं । नेपाल सरकारले सबै सार्वजनिक सेवाहरु एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक गरेको छ ।  शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गर्नुभयो । नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।  सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उहाँको भनाई छ । नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत प्रयोग गर्न सकिने जनार्ईएको छ । सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानी मध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । ३ वर्षपछि यसले पूर्णता पाएको हो ।