आँचल साहित्य कला पुञ्जले हेटौंडामा २ दिने साहित्य महोत्सव हुने भएको छ । मकवानपुरका महिला साहित्यकार संस्था आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्ने भएको हो ।पहिलो पटक हेटौंडामा देशभरका साहित्यकारलाई निम्त्याएर आँचलले साहित्य महोत्सवको आयोजना गर्ने तयारी गरेको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । साहित्यका विभिन्न विषय तथा समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्तक्रिर्यासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका ल