आजबाट काठमाडौंमा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। सरकारले आजबाट दुई दिनसम्म काठमाडौंका सबै स्थानीय तहमा कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने भएको छ। कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको लागि लामो समयदेखि कुरिरहेका ६० वर्षभन्दा माथिका करिब १४ लाखलाई यो खोप दिइनेछ। काठमाडौं जिल्लाको एक महानगरपालिका र १० नगरपालिकामा हाल भेरोसेल खोप सञ्चालन भइरहेका खोप केन्द्रबाट नै कोभिसिल्डको दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभागले भन्यो- भेरोसिलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनू

६ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो । पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ […]

इलाममा आजबाट कोभिडविरुद्धको दोस्रो डोज लगाइँदै

इलाम- पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकलाई इलाममा मंगलबारदेखि कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पाँच स्थानीय तहमा आजबाट र पाँच स्थानीय तहमा बुधबारदखि खोप अभियान सञ्चालन हुँदैछ । देउमाई नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने छन् । १५ र १६ भदौमा कोभिसिल्ड खोपको पहिलो […]

भोलि र पर्सी काठमाडौंका सबै पालिकामा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूले भोलि र पर्सी काठमाडौं जिल्लाका सबै पालिकाहरूमा दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। भोलि र पर्सी काठमाडौंको एक महानगरपालिका र १० वटा नगरपालिका विभिन्न खोप केन्द्र मार्फत दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल भेरोसेल खोप लगाइएका केन्द्रहरूबाट नै ती पालिकामा कोभिसिल्ड खोप लगाइने मन्त्रालयले बताएको छ।

जापानबाट १६ लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं।कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।“कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्‍याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।

झापामा कोरोना खोपको पूर्ण डोज पाउने नागरिकको संख्या २२ हजार

झापा – झापामा २२ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन्। स्वास्थ्य कार्यालय झापाले दिएको तथ्यांक अनुसार ८ हजार ५ सय जनाले कोभिसिल्ड खोपको दुवै डोज पाएका छन् भने भेरोसेल खोपको दुवै डोज पाउने १३ हजार ५ जना रहेका छन्। कोभिसिल्ड खोप कार्यक्रम सञ्चालनका बेला स्वास्थ्यकर्मी, केही पत्रकार तथा केही सरकारी कर्मचारीले लगाएका थिए। माघ […]

कता हरायो ३ लाख डोज खोप ?

नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख...

हरायो नेपाल भित्रिएको ३ लाख डोज खोप

नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्।

भारतबाहिर कोभिसिल्ड खोप उत्पादन गर्ने सिरमको योजना

एजेन्सी। सिरम इन्स्टिट्यूट भारतबाहिर पनि कोरोनाविरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्ने तयारीमा लागेको छ। कम्पनीले खोपको कच्चा पदार्थको अभाव भइरहँदा भारतबाहिर पनि खोप उत्पादन गर्ने योजना बनाएको हो। भारतबाहिर उत्पादन सुरु भएपछि ६ महिनामा ३ बिलियन डोज खोप उत्पादन गरिने छ। अबको केही समयमा भारतबाहिर खोप उत्पादन गर्ने विषय सार्वजनिक हुने भारतीय सञ्चार माध्यमले जनाएको छ।

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

७ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई […]