भारतबाहिर कोभिसिल्ड खोप उत्पादन गर्ने सिरमको योजना

एजेन्सी। सिरम इन्स्टिट्यूट भारतबाहिर पनि कोरोनाविरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्ने तयारीमा लागेको छ। कम्पनीले खोपको कच्चा पदार्थको अभाव भइरहँदा भारतबाहिर पनि खोप उत्पादन गर्ने योजना बनाएको हो। भारतबाहिर उत्पादन सुरु भएपछि ६ महिनामा ३ बिलियन डोज खोप उत्पादन गरिने छ। अबको केही समयमा भारतबाहिर खोप उत्पादन गर्ने विषय सार्वजनिक हुने भारतीय सञ्चार माध्यमले जनाएको छ।

सम्बन्धित सामग्री

'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'

कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।

'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'

कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं (अस) । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हो । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिने गरिएकाले त्यसको सिको गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । बंगलादेशले रसियाली खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको छ भने भारतले पनि सेरम कम्पनीमार्फत अस्ट्राजेनिकाको कोभिसिल्ड खोप उत्पादन गर्दै आएको छ । नेपालले पनि खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ । सरकारले रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसअघि रेल विभागले विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको थियो । विशेषगरी काँकडभिट्टादेखि सुनसरी–इनरूवासम्मको रेलवे लाइनसम्बन्धी ठेक्कामा चलखेल भएको बताइँदै आएको छ । सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । विभागमा बसेर उनले प्रभावकारी काम नगरेको, अनावश्यक ठेक्कापट्टामा मात्रै ध्यान दिएको आरोप सरकारको छ । त्यस्तै सरकारले उनको आचरणमा समेत प्रश्न उठाएको छ । मंगलवारकै मन्त्रिपरिषद् बैठले भूमिसम्बन्धी आयोग पनि खारेज गरेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो । भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूको लगत संकलन गरिरहेको थियो ।

शक्तिशालीले पत्र प्राप्त भएको जानकारी पठाए, खोपकाे पत्तो छैन

काठमाडौँ : सरकारले शक्तिशाली व्यक्तिहरूलाई लगाउन लुकाइराखेको कोभिसिल्ड खोप ‘एक्सपायर’ नजिक पुगेपछि अहिले सर्वसाधारणलाई लगाउन थालेको छ । खोप उत्पादन भएको मितिले ६ महिनापछि यसको प्रभावकारिता शून्य प्राय: हुन्छ । नेपालमा खोप ल्याएको करिब पाँच महिना भइसकेको छ । खोप महाशाखा प्रमुख डा. झलक शर्…

सिरमले भन्यो, ‘तत्काल खोप आपूर्ति गर्न सकिन्न’

एजेन्सी, ५ जेठ । भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति गर्न सक्ने बताएको हो । यससँगै नेपालले तत्काल ‘कोभिसिल्ड’ खोप पाउने सम्भावना टुटेको छ । कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले भारतीय सरकारसँगको […]

३५ करोड कमिसनले रोकिएको खोप खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ ।

३५ करोड कमिसनले रोकिएको खोप खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो,’ स्वास्थ्य तथा ज

कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

वैशाख १९, नयाँदिल्ली । भारतमा अक्सफोर्ड–अस्त्रजेनेकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको बताएको छ ।            “कोभिसिल्ड” नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताएका छन् ।            सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारहरुसँग छलफल गरेको स्पष्ट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ ।पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ । केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ ।’            यसैबीच, सेरमले बुधवार भारतीय राज्यहरुका लागि कोभिसिल्डको प्रतिडोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको बताएको छ ।  भारतको केन्द्रीय गृह मन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको बताएको छ ।            केही अघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तिब्रता दिन भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरेका थिए ।            भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति व्यक्त गरेका छन् ।   रासस/ एएनआई

कोभिसिल्ड खोप बेच्न नपाउँदाको असर : आर्थिक अभाव झेल्दै सेरम इन्स्टिच्युट

भारतमा अस्ट्राजेनिकाको कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नुपरेको जनाएको छ

नेपालले खरिद गरेको कोभिसिल्ड खोप भारतबाट आइपुग्यो (फोटोफिचर)

सरकारले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । सरकारले २० लाख डोज खोपका लागि करिब ९३...