काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ।मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मीले समूह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो।खेलमा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीलाई जितका लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो।जवाफमा कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँद