कानुनका विद्यार्थीले भने, 'प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्'

काठमाडौं : सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानुनका विद्यार्थीहरुले संविधान पढ्दै विरोध प्रदर्शन गरेका छन्। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाल ल क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले संविधानमा प्रतिनिधिसभा विघटन गर्न अनुमति दिने धारा खोजेका थिए। क्याम्पस परिसर बाहिर भेला भएर विद्यार्थीहरुले संविधान वाचन समेत गरेका थिए।…

सम्बन्धित सामग्री

आत्महत्या न्युनीकरणमा नेपाल ल क्याम्पस स्ववियुको प्रयास

काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रुपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्यको पछाडि ९५ प्रतिशत जिम्मेवार मानसिक रोग हुने गरेको […]

शरतसिंह भण्डारी १६ औं पटक मन्त्री बन्दै

१६ चैत, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरको क्यान्टिनमा एक दिन सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, भीम रावल, शरतसिंह भण्डारी लगायतका नेताहरुबारे छलफल चल्दै थियो । ०३१/०३२ सालमा नेम्वाङ नेपाल ल क्याम्पस, रावल रत्न राज्यलक्ष्मी क्याम्पस, पाण्डे सरस्वती क्याम्पस र शरतसिंह भण्डारी त्रिचन्द्र क्याम्पस पढ्थे । उनीहरुका अनुसार त्यसबेला शरतसिंह भण्डारीबारे दुईवटा टिप्पणी चर्चित थियो […]

बीएएलएलबी प्रवेश परीक्षाको नतिजा प्रकाशित

त्रिवि कानुन सङ्कायद्वारा गत मङ्सिर १७ गते सञ्चालित बीएएलएलबी प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।  कोटासहित त्रिविको आङ्गिक क्याम्पसहरू, नेपाल ल क्याम्पस, काठमाडौँको

नेपाल ल क्याम्पस स्वर्ण सम्मान नेम्वाङ र सुवेदीलाई

काठमाडौं । नेपाल ल क्याम्पसले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्रा.डा. सूर्य सुवेदीलाई ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’बाट सम्मानित गरेको छ । क्याम्पसको स्थापना दिवसका अवसरमा दुबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी हुन् । संविधानसभाका अध्यक्ष रहिसकेका नेम्वाङलाई नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएबापत सम्मानित गरिएको क्याम्पसले जनाएको छ । उनी नेपाल ल क्याम्पसका पूर्वविद्यार्थी […]

काठमाडौंका सरकारी क्याम्पसमा झार र घाँस (फोटो फिचर)

काठमाडौं : कोरोना महामारीपछि लामो समयको बन्दका कारण उपत्यकाका अधिकांश सरकारी क्याम्पसहरूमा सरसफाइ हुन सकेको छैन। प्रदर्शनीमार्गस्थित रत्नराज्‍यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मिकि क्याम्पसहरूमा सरसफाइ नहुँदा जताततै झार-घाँस उम्रिएको देखिन्छ। त्यस्तै शंकरदेव क्याम्पसमा पनि सरसफाइ अभाव छ।भवनका भित्ताहरू पनि फुंग उडेका र रङ कलरहरू हराइसकेका देखिन्छन्। क्याम्पस प्रांगणमा जताततै झार उम्रिएको छ भने कतै भुइँ र भित्ताहरूमा लेउ लागेको अवस्था छ।उपत्यकामा निषेधाज्ञा हटेसँगै यी क्याम्पसहरूम

प्राडा सुवेदीद्वारा आफ्नो निजी पुस्तकालय र दश लाख नेपाल ल क्याम्पसलाई सहयोग

लण्डन । विगत तीन दशकदेखि बेलायतमा अन्तराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्राध्यापन गर्दै आएका प्राडा सूर्य प्रसाद सुवेदी (क्यूसी) ले आफ्नो निजी पुस्तकालय ‘नेपाल ल क्याम्पस’ लाई प्रदान गर्ने भएका छन् ।‘नेपाल ल क्याम्पस’ का पूर्व विद्यार्थी समेत रहेका डा. सुवेदीले १० लाख रुपैयाँ आर्थिक सहयोगसहित आफ्नो निजी पुस्तकालयमा रहेका सबै पुस्तक हस्तान्तरण गर्ने भएका हुन् ।आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धी बहुमूल्य पुस

नेपाल ल क्याम्पस विद्यार्थी खरेलको त्यो बहस

नेपाल ल क्याम्पसमा कानुनमा स्नातक (बीए–एलएलबी) अध्ययनरत समृत खरेल बिहीबारको सुनुवाइमा चर्चाको केन्द्रमा रहे । उनको करिब २० मिनेटको बहस अरू कानुन व्यवसायीका साथै इजलासलाई पनि प्रभावित पार्ने खालको थियो । छोटो अवधिमा उनले विघटनको निर्णय किन र कसरी गलत हो भन्नेमा आफ्ना तर्कहरू राखे । संवैधानिक इजलासले उनको बहसलाई लिखित रूपमा पनि पेस गर्न आग्रह गरेको छ । ‘संवैधानिक मूल्यमान्यताभन्दा माथि कोही नरहने’ भन्दै उनले संवैधानिक नैतिकताको अवधारणा अघि सारे । संसदीय मूल्यमान्यताको दुहाइ दिएर प्रधानमन्त्रीले लिख...

'प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्'

पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ ।

ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनेरास्ववियुको सुझाव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस सुझाएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध...