प्राडा सुवेदीद्वारा आफ्नो निजी पुस्तकालय र दश लाख नेपाल ल क्याम्पसलाई सहयोग

लण्डन । विगत तीन दशकदेखि बेलायतमा अन्तराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्राध्यापन गर्दै आएका प्राडा सूर्य प्रसाद सुवेदी (क्यूसी) ले आफ्नो निजी पुस्तकालय ‘नेपाल ल क्याम्पस’ लाई प्रदान गर्ने भएका छन् ।‘नेपाल ल क्याम्पस’ का पूर्व विद्यार्थी समेत रहेका डा. सुवेदीले १० लाख रुपैयाँ आर्थिक सहयोगसहित आफ्नो निजी पुस्तकालयमा रहेका सबै पुस्तक हस्तान्तरण गर्ने भएका हुन् ।आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धी बहुमूल्य पुस