कलेज प्रशासनविरुद्ध नोबेल र केएमसीका विद्यार्थीद्वारा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका विद्यार्थीहरुले शुक्रबार पनि विरोध प्रदर्शन जारी राखेका छन्। कलेज प्रशासनले मनपरी शुल्क उठाएको विरोधमा उनीहरुले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरु ‘चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक अन्य अतिरिक्त शुल्क लिन पाइँदैन, होस्टल अनिवार्य गर्न पाइँदैन, होस्टलका नाममा चर्को शुल्क लिन पाइँदैन, […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

काठमाडौं, भदौ १३ । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षक आफ्नै विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्। प्लस टु मा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ गरेको प्रहरीले जनाएको छ। विद्यार्थीहरुले पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

चिकित्सक हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सप्तरीमा प्रदर्शन

२२ चैत, सप्तरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार सप्तरीमा प्रदर्शन भएको छ । मृतक डा. यादवका आफन्त तथा जिल्लाबासीले मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । स्थानीय शिव मन्दिरको प्रांगणबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भाग परिक्रमा गरेको छ । प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, […]

नोबेल शिक्षण अस्पतालमा आन्दोलनरत ४ विद्यार्थी नेता घाइते

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत चार विद्यार्थी नेता घाइते भएका छन्। कलेज अगाडि सिठी जुलुस प्रदर्शन गर्ने क्रममा उनीहरूमाथि कलेजका सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त हुँदा  चार जना विद्यार्थी नेता घाइते भएका हुन्।कलेजले एमबिबिएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूले आज (सोमबार) पनि आन्दोलन जारी राखेका छन्।घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल (क्रान्त

नोबेल मेडिकल कलेजका सञ्चालक शर्मालाई विद्यार्थीले लगाए कालोमोसो

विराटनगर, २९ पुस । नोबेल मेडिकल कलेजका विद्याथीहरुले सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलेका छन् । एमिबिएस विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि आन्दोलित विद्यार्थीहरुले सञ्चालक शर्मालाई शुक्रबार कालोमोसो दलेका हुन् । एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम समेत गरेका थिए । विद्यार्थीहरूले निरन्तर प्रदर्शन […]

नोबेल मेडिकल कलेजमा आन्दोलन थप चर्कियो

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा अतिरिक्त शुल्कविरुद्ध भइरहेको आन्दोलन थप चर्किएको छ।एमबिबिएस प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूले आज (मंगलबार)  अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका छन्।कलेज प्रशासनले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्नाका साथै पठनपाठनमा रोक लगाएपछि  विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन्।विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् भने उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियागिरी अन्त्य गर्न  माग समेत राखेक

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

२७ पुस, विराटनगर। एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा […]

अतिरिक्त शुल्कको विरोध : नोबेल मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन जारी

कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा सोमबार पनि विद्यार्थीहरूले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा प्रदर्शन गरेका छन् । एमबिबिएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीसँग असुल्न खोजेको चार लाख ४२ हजार रुपैयाँको विरोधमा आन्दोलनरत...

नोबेल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीले गरे प्रदर्शन

विराटनगर । नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् । एमबिबिएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् । विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । पुस दोस्रो सातायता आन्दोलनमा रहेका विद्यार्थीलाई विभिन्न […]

नोबेल कलेजमा प्रवेश नदिएपछि विद्यार्थी आन्दोलित

विराटनगर : नोबेल मेडिकल कलेजले विद्यार्थीलाई प्रवेश नदिएपछि प्रदर्शन गरेका छन्।कलेजले अतिरिक्त शुल्क माग्दै आइतबार कलेजमा पस्न नदिएपछि विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहेका सुनिल शर्माले सञ्चालन गरेको कलेजलाई अतिरिक्त शुल्क नलिन स्थानीय प्रशासन र चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको थियो।तर, बुधबार कक्षा कोठाबाट निकालेको नोबेल मेडिकल कलेज प्रशासनले त्यस दिनदेखि गेटबाट भित्रै पस्न नदिएको विद्यार्थीहरूको गुनासो छ।&

नोबेलले कक्षा प्रवेशमा रोक लगाएको विरोधमा प्रदर्शन

१८ पुस, विराटनगर । नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क नदिनेलाई कक्षाकोठामा प्रवेश नदिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । अतिरिक्त शुल्क माग गर्दै आइतबार पनि प्रवेश नदिएपछि विद्यार्थीले प्रदर्शन गरेका हुन् । अतिरिक्त शुल्क नदिने विद्यार्थीलाई बुधबार कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले त्यसयता त्यस्ता विद्यार्थीलाई गेटमै रोकेको छ । कलेजमा प्रवेश गर्न […]