शेखर कोइराला समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएका नेता शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री पदको उम्मेदवार बन्नुहुने भएको छ । कोइरालाले आफ्नो टिमको तयारी गर्दै रिजाल र थापालाई उमेदवार बनाउन लाग्नुभएको हो । नेता शेखर कोइरालाको समूहबाट उपसभापतिमा चन्द्र भण्डारीलाई उम्मेदवार बनाउने तयारी रहेको छ । यस्तै अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यबारे छलफल भैरहेको नेताहरुले बताएका छन् ।

सम्बन्धित सामग्री

‘म किनारामा परें हुँला, तर कांग्रेसमा मैले चाहे जसरी बाँध फुटेको छ’

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए डा. मिनेन्द्र रिजाल । शेरबहादुर देउवा पुनः सभापति सभापतिमा निर्वाचित हुँदा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री चुनिए । रिजाल पाँचौ स्थानमा रहे । उनलाई हार्न सक्छु भन्ने थियो, तर निकै मत मत आएपछि उनले गणना पनि नसकिँदै रक्षामन्त्रीबाट पनि राजीनामा दिए […]

मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ : गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मिनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७

काँग्रेस महामन्त्री मतगणना अपडेट : ७०० मतगणना सकियो, गगनको ४१८

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । यस्तो छ ताजा नतिजा : गगन थापा – ४१८ प्रकाश शरण महत – २३० प्रदीप पौडेल – २३६ मिनेन्द्र रिजाल – १२० विश्वप्रकाश शर्मा – २७४

कांग्रेस महामन्त्री पदको मतगणना अहिले ८ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहान ८ बजेदेखि सुरु गरिंदै छ । अहिले बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिनु भएको छ । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् । महामन्त्री पदको लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा मिनेन्द्र रिजाल, डा प्रकाशशरण महत प्रदिप […]

शेखर कोइरालाको प्यानल सार्वजिनक (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ।जसमध्ये शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ। दुवै समूहले आइतबार मध्य राति आ-आफ्नो प्यानल सार्वजनिक गरेको छ।शेखर कोइरालाको प्यानमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ‚ महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।

शेखर कोइरालाले प्यानलसहित सभागृह पुगेर सभापतिमा मनोनयन दर्ता गराए

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभागृह पुगेर उनले आफ्नो प्यानलको उम्मेदवारसहित पुगेर मनोनयन दर्ता गराएका हुन्।   शेखरसँगै उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार गगन थापा र रक्षा मन्त्री मिनेन्द्र रिजाल पनि सभागृह पुगेका छन्।  रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी…

शेखर प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानलबाट सभापतिको उम्मेदवारका रुपमा युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङको नाम अघि सारेका छन् । कोइराला पक्षको शनिबार बसेको बैठकबाट भण्डारी र गुरुङको नाम फाइनल गरिएको हो । यस्तै, महामन्त्रीको उम्मेदवारमा भने मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।

शेखरको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार

नेपाली काँग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीमबाट चुनाव लड्ने दुई उम्मेदवारको टुंगो लगाएका छन् । उनको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार हुने टुंगो लागेको छ । शनिबार शेखर पक्षको बैठकले थापा र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । कोइरालालगायतका टीमका नेताहरुले केहीबेरमा उम्मेदारी दर्ता गराउनका लागि भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ ।

पौडेल निवासमा साझा उम्मेदवारको खोजी, प्रकाशमान उम्मेदवारी दर्ताको तयारीमा

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरु छलफलमा  जुटेका छन् । पौडेलको निवास बोहोरा टारमा नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी,  बन्द्री पाण्डे लगायतले पौडेलसँग छलफल गरिरहेका छन् ।पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह उपस्थित भएका छैनन् । यस्तै सभापतिको दाबी छोडेका शशांक कोइराला पनि बैठकमा सभागी नभएको पाइएको छ । आज विहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु हुने भएपनि पौडेल समूहले सभापतिमा साझा उम्मेदवार त